19 Oct 2017 | बिहीबार, २ कार्तिक, २०७४

logo
CEDEP
शुक्रबार, ६ असोज, २०७४

‘होटल म्यानेजमेन्टको क्षेत्रमा आइएसटी एउटा ब्रान्ड नै हो’

‘होटल म्यानेजमेन्टको क्षेत्रमा आइएसटी एउटा ब्रान्ड नै हो’

सम्झना बस्न्यात आइएसटी कलेजकी प्रिन्सिपल हुन् । आइएसटीले नेपालमा साल्जवर्ग युनिभर्सिटी अफ अप्लाइड साइन्स अष्ट्रियाको सम्बन्धमा होटल म्यानेजमेण्टको डिग्री सञ्चालन गरिरहेको छ । झण्डै १४ वर्षदेखि नेपालमा अन्तर्राष्ट्रिय होटल म्यानेजमेण्टमा डिग्री अध्यापनमा आइएसटी सक्रिय छ । होटल म्यानेजमेण्टमा नेपालकै ब्राण्डका रुपमा लिइने आइएसटीकी प्रिन्सिपल बस्न्यातसँग एजुकेशन समाचारका लागि सुनिल भट्टराईले गरेको कुराकानीः


इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट कसरी स्थापना भयो यसको पृष्ठभूमीको बारेका केही बताइदिनुहोस न ?

हाम्रो कलेज सन् २००४ बाट स्थापना भएको हो । अहिले १० औं दीक्षान्त पनि सम्पन्न भइसकेको छ । विशेष गरी होटल म्यानेजमेन्टको अन्तर्राष्ट्रिय डिग्री सञ्चालन गरिरहेका छौं । प्लस टु लेभलमा पनि होटल म्यानेजमेन्टलाई नै हामीले फोकस गरेका छौं, यसको कारण चाहिँ कुनै विद्यार्थीको पहिलेदेखि नै होटल म्यानेजमेन्ट पढ्छु भन्ने लक्ष्य हुन्छ भने उनीहरुलाई फाउन्डेसन प्रदान गर्न हो । अनि यो वर्षदेखि चाहिँ हामीले नेसनल एजुकेसन बोर्ड कै प्लस टु सञ्चालन गरेका छौं । अरुको भन्दा हाम्रो यो कोर्स किन भिन्न छ भने हाम्रा विद्यार्थीले प्लस टुको म्यानेटजमेन्टको डिग्री पनि प्राप्त गर्छन र अरुले भन्दा अलि धेरै अध्ययन गर्नुपर्छ, त्यसै समयमा होटल म्यानेजमेन्टमा टुरिजम स्कुल साल्जबर्गको डिप्लोमा पनि प्राप्त गर्न सक्छन् । दुई वर्षको दौरानमा दुईवटा डिग्री हासिल गर्न सक्छन् । अर्को ब्याचलर्स लेभल छ— ब्याचलर्स इन हस्पिटालिटी म्यानेजमेन्ट अनर्स डिग्री हो यो चार वर्षको कोर्स हा्े ।

तपाईहरुले यहाँ प्रदान गर्ने शिक्षा र विदेशमा गएर पढ्नुमा के फरक छ ?
मुख्य कुरा त विद्यार्थीहरुको व्यक्तिगत रुचीको कुरा हो तर हामीले शिक्षाको गुणस्तरमा कहिल्यै पनि सम्झौता गर्दैनौं । विदेशमा गएर अध्ययन गर्ने विद्यार्थीले पाउने एक्सपोजर र हामीले उपलब्ध गराउने एक्सपोजर एकै हो । उदाहरणको लागि हाम्रो यस संस्थाको इतिहास हेरै नै भइहाल्छ हामी कहाँबाट १० वटा ग्रयाजुयसन भइसक्यो । यो युरोपियन डिग्री हो, त्यही डिग्री त्यहाँ गएर पढ्नको लागि यहाँभन्दा दशौं गुणा बढि महंगो हुन्छ । र कोर्स कन्टेन्ट हेर्नप¥यो किनभने हाम्रो कोर्स कन्टेन्ट सिक्स्टी फोर्टीको रेसियोमा छ । सिक्स्टी पर्सेन्ट ओभरअल म्यानेजमेन्टको कोर्स छ भने फोर्टी पर्सेन्ट कोर सब्जेक्ट होटल म्यानेजमेन्टको कोर्स छ । यसले गर्दा विद्यार्थीले ब्याचलर्सपछि सजिलैसँग एमबीए गर्न पनि सक्छन् । भोलि कथमकदाचित मलाई होटल म्यानेजमेन्ट मात्रै होइन अर्को फिल्डमा जानुप¥यो भन्ने लाग्यो भने त्यसको ढोका पनि खुल्यो त्यसैले नेपालमा नै बसेर आफ्नै सोसाइटीमा इन्टरनेशनल लेभलको डिग्री पाउन सकिन्छ भने किन जाने विदेश ? विद्यार्थीहरुले हेर्दाखेरी चै ब्रान्ड इमेज हेर्नप¥यो त्यो संस्थाको किनभने उनीहरुले ठूलो लगानी गर्न लागिरहेका हुन्छन् । उनीहरुले मुख्य कुरा चार वर्षको महत्वपूर्ण समय त्यो संस्थामा लगानी गर्न गइरहेका हुन्छन् । अनि अर्को कुरा कोर्स कन्टेन्ट हेर्नप¥यो । त्यसपछि उनीहरुले त्यस संस्थाबाट पढाइ पुरा गरेका ग्राजुएट हरुको सेलेबिटी हेर्नप¥यो । उनीहरु कहाँ कस्तो काम गरिरहेका छन् वा कतै जागिर नपाएर हल्लिएर बसेका पो छन् कि । त्यो आधारमा हाम्रो संस्थाले उत्कृष्ट शिक्षा प्रदान गरिरहेको छ ।

अहिले यो कलेजबाट पढाइ सकेका विद्यार्थीहरु कहाँ—कहाँ छन् ?
हामी कहाँबाट अध्ययन सकेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा छरिएर काम गरिरहेका छन् । ग्राजुएट भएका एक हजारभन्दा बढी विद्यार्थीले हस्पिटालिटी म्यानेजमेन्टको क्षेत्रमा धेरै राम्रो करियर बनाइसकेका छन् । होटल म्यानेजमेन्टमा नेपालबाट धेरै विद्यार्थी ग्राजुएट बनाउने पहिलो कलेज हामी नै हौं । हाम्रा विद्यार्थीहरु होटलमा मात्रै होइन धेरै क्षेत्रमा कार्यरत छन् । किनभने हस्पिटालिटी म्यानेजमेन्ट पढेकाले कस्टुमर रिलेसन हुने सबै क्षेत्रमा काम पाउन सक्छन् । कोही होटलमा कार्यरत छन् कोही, बैंक कोही एयरलाइन्स कोही—कोही हस्पिटल बिजनेस अर्गनाइसेजन सबैतिर छरिएका छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा नेपालमा जति पनि फाइभ स्टार होटल छन् त्यहाँ हाम्रा विद्यार्थीहरु कार्यरत छन् । नेपालबाहिर दुबई, कतार, मकाउ, अबुधाबीलगायतका सहरहरुका होटलहरुमा त्यस्तै ओमान एयर, कतार एयर, इतिहाद एयर, एमिरेट्सलगायतका एयरलाइन्समा, बैंकमा, हस्पिटल र बिजनेस अर्गनाइसेजन सबैतिर छरिएका छन् भने कतिपयले आफ्नै ट्राभल एजेन्सी खोलेर चलाएका छन् । केही होटल म्यानेजमेन्ट कलेजहरुमा पढाउन थालेका छन् । कोही अष्टेलिया, अमेरिका, युके, न्युजिल्याण्डलगायतको देशमा अध्ययनको लागि गएका छन्, काम नपाएर बसेको अवस्था छ्रैन् । नेपालमा होटल म्यानेजमेन्टको क्षेत्रमा आइएसटीको विद्यार्थी भनेपछि एउटा ब्रान्ड नै बनिसकेको छ ।

विगत १४ वर्षदेखी हस्पिटालिटी म्यानेटमेन्टको अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्ने क्रममा यहाँहरुले भोग्नुभएको समस्या केही छन् ?
कुनै पनि क्षेत्रमा चुनौती नहुने कुरा त भएन । एउटा त पर्याप्त रिसर्च र योजना बिना नयाँ कलेजहरु च्याउसरी खोलिनु रहेको छ । सानो ठाँउमा चाहिनेभन्दा धेरै होटल म्यानेटमेन्टको कलेजहरु भैसकेका छन्, त्यसले अस्वस्थ प्रतिस्पर्धा भएको छ । अर्को चाहिँ एउटा सफल भइसकेपछि अरुको नक्कल गर्ने प्रवृत्तिले पनि चुनौती बढाएको छ । त्यस्तै विदेशी सम्बन्धन भनेपछि यो त के—के न हो यिनीहरु नक्कली हो भन्ने त्यसले पनि अप्ठ्यारो पारेको छ । राम्रो कामलाई पनि नराम्रो नजरले हेर्ने माइन्डसेट छ । हामीले ब्रान्ड र गुणस्तरमा मेन्टेन गरेका छौं र एकेडेमिक नभई विद्यार्थीको पर्सनल डेभलपमेन्टमा पनि ध्यान दिएका छौ । त्यसैले विभिन्न चुनौतीलाई पनि चिरेर अगाडी बढ्न सफल भएका छौं ।

नेपालमा हस्पिटालिटी म्यानेजमेन्टको अध्ययनमा विद्यार्थीहरुको अत्याधिक क्रेज हुनुको मुख्य कारण के हो ?
किनभने यो स्कील ओरियन्टेड कोर्स र जब ओरियन्टेड कोर्स हो । जस्तो बिबिए ग¥यो भने जब मार्केटमा जानको लागि न्युनतम एमबीए गर्नैपर्छ तर होटल म्यानेजमेन्टमा ब्याचलर्स गर्ने बित्तिकै यु आर वेल इक्युप्ड टु गो टु जब मार्केट । स्किल ओरियन्टेड, जब ओरियन्टेड भएकाले पनि क्रेज छ ।

आइएसटी कलेजको नयाँ योजनाहरु के—के छन्?
हाम्रो मुख्य ध्यान हस्पिटालिटी म्यानेटमेन्टमा नै हो । तर, हामीसँग म्यानेजमेन्टका अन्य प्रोग्राामहरु अध्यापनको लागि पनि पर्याप्त स्रोतहरु भएकाले हामी छिट्टै नै म्यानेजमेन्टको अन्य कार्यक्रम सुरु गर्ने योजनामा छौं ।

यो कार्यक्रम अष्ट्रियाको साल्जवर्ग युनिभर्सिटीको सम्बन्धनमा चलाइरहनु भएको छ । यो कोर्स कत्तिको महंगो छ ?
साल्जवर्ग आफैंमा राम्रो विश्वविद्यालय भएकाले यसको कोर्स युरोपमा नै गएर पढ्न धेरै महंगो छ । लिभिङ कस्ट हाई हुन्छ र जब को प्रोस्पेक्टीभ पनि कम हुन्छ तर त्यही डिग्री हामी कहाँ भने नेपालमा नै बसेर कम पैसामा अध्ययन गर्न सकिन्छ । हामीले इन्टर्नसीपको लागि दुबई, चाइना, मकाउ पठाउँछौं । जसका कारण एक्पोजर पाइसकेको हुन्छ । त्यसपछिका लागि यो एक्स्पोजर धेरै फ्रूटफुल हुन्छ ।

विद्यार्थीहरुले कलेज छान्दा के—के कुरामा ध्यान दिनुपर्छ?

एउटा त उनीहरुले ब्रान्ड इमेज हेर्नुप¥यो, म कुन इन्टिच्युसनमा जाँदैछु । मार्केटमा त्यसको भ्यालु के छ । दोस्रो त्यसको हिस्टी हेर्न प¥यो । कति भयो त्यो संस्था स्थापना भएको र तेस्रो त्यहाँबाट पढाइसकेका विद्यार्थीहरु कहाँ कस्तो अवस्थामा छन् उनीहरुको स्टाटस हेर्नुप¥यो र चौंथोमा त्यसको पाठ्यक्रम हेर्नुप¥यो । त्यहाँ पढेर पछि अर्को ठाउँमा गएर म्यापिङ गर्दा पनि सजिलै इक्वीभ्यालेन्स पाओस । फर्दर स्टडिजको लागि सजिलै अप्सन पाओस त्यो हेर्नुप¥यो । यति कुरा विचार गर्ने हो भने तपाईको समय र इन्भेस्टमेन्ट खेर जाँदैन् ।

विद्यार्थी भर्नाको मापदण्ड के हो ? भर्नाको प्रक्रिया कस्तो छ ?
हामी एक ब्याचमा दुई सय विद्यार्थीहरु भर्ना गर्ने गर्छौं । आउन त धेरै आउँछन् तर आएका सबैलाई लिएर पनि भएन । हामीले क्वालिटी मेन्टेन गर्छौं । हामी कहाँ भर्ना हुनको लागि ब्याचलर्स लेभलको लागि प्लस टु वा इक्विभ्यालेन्स हेर्न प¥यो । मिनिमम ४५ पर्सेन्ट ल्याएर पास भएको हुनपर्छ । हाम्रो युनिभर्सिटीले सेट गरेको रिटन एक्जामिनेसन हुन्छ । त्यो पास भएपछि ग्रुप डिस्कसन हुन्छ र त्यसपछि पर्सनल इन्टरभ्यु लिने गर्छौं । त्यसपछि मात्रै भर्ना गर्छौं ।

कलेजमा फ्याकल्टीहरु कस्ता कस्ता छन् ?
एउटा त कोर फ्याकल्टी भए अर्को भनेको अपरेसनल सब्जेक्ट पढाउने फ्याकल्टीहरु इन्डस्ट्री बाटै हुन्छन् । जसबाट इन्डस्ट्रीको लेटेस्ट ट्रेन्डहरु थाहा पाउन सक्छन् । अरु ओभरअल म्यानेजमेन्टको लागि पार्टटाइम र फुलटाइम फ्याकल्टी गरी तीन थरि फ्याकल्टीहरु रहेका छन् । हाम्रो प्राय फ्याकल्टीहरु नेपाली नै छन् उता युनिभर्सिटीबाट भिजिट लेक्चररहरु आउनुहुन्छ । र क्वालिटी एसेसमेन्टको लागि मात्रै । पहिले त युनिभर्सिटीकै फ्याकल्टीहरु आउनुहुन्थ्यो तर अहिले चैं उहाँहरु हाम्रो क्वालिटीबाट विश्वस्त भैसक्नुभयो त्यसैले अहिले चैं यहिँका फ्याकल्टीहरु छन् ।

विद्यार्थीहरुको लागि इन्टर्नसिपको व्यवस्था के छ ?
हाम्रो कोर्स चार वर्षको हुन्छ र फाइनल इयरमा इन्टर्नसीप हुन्छ । इन्टर्नसीपको लागि हामी सकेसम्म एब्रोड नै पठाउने गर्छौं । इन्टरनेशनल एक्सपोजर पाउन भन्ने हेतुले हामी उनीहरुलाई इन्टरनेशनल चेन होटलहरुमा इन्टर्नसीपको लागि पठाउने गर्छौं । त्यसले उनीहरुलाई पछि जबको लागि सजिलो होस र पछि नेपालमा फर्केर आएर हेर्दा उनीहरुले कम्पेयर गर्न सकोस बाहिर के छ र नेपालमा के छैन् भन्ने कुरा उनीहरुले बुझ्न सक्छन् ।

नेपालका अन्य हस्पिटालिटी म्यानेजमेन्ट कलेजभन्दा आइएसटी कुन कुरामा अलग छ ?
सबैले आफूलाई राम्रो र फरक त भनिहाल्छन् नै तर आइसएसटीको केसमा मैले अघि पनि भनिहाले हामी विद्यार्थीको एकेडेमिक रिजल्टमा मात्रै फोकस गर्दैनौं । उनीहरुको ओभरअल डेभलपमेन्टमा हामी फोकस गर्छौं । उनीहरुको पर्सनालिटी डेभलपमेन्टमा हामी फोकस गर्छौं त्यसमा पनि उनीहरुको एटिट्युड पोजेटिभ एटिट्युड कसरी इन्कल्केट गर्ने, कसरी हम्बल बनाउने त्यसमा हाम्रो फोकस हुन्छ । त्यसले गर्दा यहाँबाट ग्राजुएट भएपछि विद्यार्थीको हातमा डिग्रीमात्रै हुँदैन उनीहरुको ओभरअल पर्सनालिटी डेभलपमेन्ट पनि हुन्छ ।

 

 

Loading...

  

 

 

धेरै पढिएका समाचार