17 Dec 2017 | आइतबार, २ पुष, २०७४

logo
CEDEP
बिहीबार, ११ जेष्ठ, २०७४

‘मलाई डर छ म धेरै बाँच्न सक्दिन’, टोरोन्टो विश्वविद्यालयबाट पिएचडी गरेकी भारतीय क्यान्सर पीडित विद्यार्थीको मर्मस्पर्शी कथा

‘मलाई डर छ म धेरै बाँच्न सक्दिन’, टोरोन्टो विश्वविद्यालयबाट पिएचडी गरेकी भारतीय क्यान्सर पीडित विद्यार्थीको मर्मस्पर्शी कथा

भारतीय मुलकी प्रेसिला भेइगास डिसुजालाई उनले ट्रमाका बिरामीहरुको जीवन बचाउन गरेको महत्वपूर्ण कामको सम्मान गर्दै युनिभर्सिटी अफ टोरोन्टोले एक विशेष दिक्षान्त समारोह आयोजना गरेर विद्यावारिधी प्रदान गरेको छ । उनलाई क्यान्सर रोग लागेको छ । सुनौं उनको कथा उनकै शब्दमाः 

म मेरो परिवारको छैठौं सन्तानको रुपमा सन् १९७२ को जुलाई १३ तारिखको दिनमा जन्मिएकी हुँ । मेरा आमाबुबा अर्वान भेइगास र युगेन माड्था भारतको कर्नाटकको सानो शहर बेल्थानगढीमा बस्ने गर्थे । हामी निम्न मध्यमवर्गीय परिवारको मानिस हौं । हामी दुई बेडरुम भएको सानो घरमा सुखले बसिरहेका थियौं । मेरा आमाबुबा दुवै सरकारी जागिरे थिए ।

म जब पाँच वर्षको थिए हामी एक हरियालीयुक्त धेरै मन्दिर, मस्जिद, चर्च र तालहरुको लागि प्रसिद्ध कर्कला शहरमा सरेका थियौं । मैले सुरुमा पाँच कक्षासम्म जयन्ती नगर सरकारी विद्यालयमा पढें र त्यसपछि क्रिस्ट किङ इलिमेन्ट्री विद्यालयमा पढें । जब म ६ कक्षामा पढ्दै थिएँ मेरो पिताको हेमरेजको कारणले निधन भयो । मैले उहाँ बिरामी भएपछि रगत फालेको र बिरामी भएकै दुई दिनमा उनको मृत्यु भएको देखेको थिएँ । त्यसपछि रातारात मेरो आमा विधवा बन्नुभयो र धेरै दुःख सहेर हामी सबैलाई एक्लै हुर्काउनुभयो ।

क्रिस्ट किङ इलिमेन्ट्री विद्यालयपछि मैले अल गल्र्स हाइस्कूलमा पढें र त्यसपछि श्री भुवनेन्द्र कलेज कर्कलामा अध्ययन गरें । जहाँबाट मैले बोटेनी, जुओलोजी र केमेस्ट्रीमा विशिष्ट श्रेणीमा अन्डरग्राजुएट डिग्री गरें । त्यसपछि मैले मनिपाल एकेडेमी अफ हाइयर एजुकेशनमा पढ्न सुरु गरें । यो भारतको टप पाँच हेल्थ इन्ष्टिच्युटमध्येमा पर्छ । सन् १९९६ मा मैले मेडिकल माइक्रोबायोलोजीमा ग्राजुएट डिग्री पास गरें । म सन् १९९७ मा विवाह गरेर दुबई गएँ जहाँ म र मेरा पति काम गरेर कमाएको केही पैसामा सुखी र खुसी थियौं । त्यसै समयमा मैले पिएचडीमा ट्युवरक्लोसिस रिसर्च गर्ने अवसर पाएको थिँए तर मैले भर्खर विवाह गरेकोले म इन्डिया फर्कन सकिन । त्यसको बदलामा मैले क्वालिटी कन्ट्रोल टेक्नोलोजिस्टको रुपमा काम गर्ने मौका पाएँ साथै हस्पिटलमा ल्याब टेक्नोलोजिस्टको काम पनि पाएँ ।

मेरो पतिले पनि आफ्नो करियरमा राम्रो गरिरहनुभएको थियो तर म आफै देखि खुसी थिइन् । मलाई मेरो सानैदेखिको पिएचडी गर्ने सपनाले सताइरहेको थियो । सन् २००३ मा मेरो छोरी जेडनको जन्म भएको दुई वर्षपछि हामीले क्यानडामा इमिग्रेसनको लागि आवेदन दियौं । सायद हामी भाग्यमानी रहेछौं त्यसैले मेरो पतिले हामी क्यानडा जानु पहिले नै काम पाउनुभयो । हामी सन् २००५ मा टोरोन्टोको नर्थ योर्कमा आयौं । हामी जब हाम्रो पर्मानेन्ट रेसिडेन्सीको लागि पर्खिरहेका थियौं त्यसै समय मैले प्रतिष्ठित अस्पतालहरुमा पाइलट प्रोग्राममा काम गर्ने अनुमति पाएँ । जसको कारणले मैले क्यानेडियन अनुभव प्राप्त गर्न सकें । मैले क्लिनिकल रिसर्च अर्गनाइजेशनमा पनि भोलेन्टियर रोलमा काम गर्ने अवसर प्राप्त गरें । मलाई फुलटाइम जागिर दिइयो ।

तर, मैले त्यसलाई छाडेर क्लिनिकल रिसर्चमा अझै औपचारिक अध्ययन गर्ने निर्णय लिएँ । म सब वेमा यात्रा गर्दागर्दै एउटा न्युज क्लिपिङ पढेर क्लिनिकल रिसर्चमा आकर्षित भएको थिएँ । क्लिनिकल रिसर्चमा दुई पोस्ट ग्राजुएट सर्टिफिकेट हासिल गर्नको लागि म म्याकमास्टर विश्वविद्यालय ह्यामिल्टन ओन्टारियो र टोरोन्टोकै हम्बर कलेजमा एकैचोटी भर्ना भएँ । म दिनको तीन घण्टा कक्षा लिनको लागि पब्लिक ट्रान्जिटमा दुवै विश्वविद्यालय जान्थे र मैले मेरो छोरीलाई पनि हुर्काइरहेको थिएँ । मैले म्यासिभ र ग्राउन्डब्रेकिङ क्लिनिकल स्टडीमा ७५ भन्दा बढी हस्पिटलहरुमा संयोजक भएर काम गरें । जसमा हामीले मृत्यु हुने गरि लागि रगत बगिरहेका कार्डिएक एरेस्ट र ट्रमामा बिरामीहरुको तथ्याङ्क संकलन गर्नपथ्र्यो । मैले गरेको कामबाट प्रभावित भएर डाक्टर सान्द्रो रिजोलीले मलाई सन् २०१२ मा फ्याकल्टी अफ मेडिसिन टोरोन्टो विश्वविद्यालयबाट पिएचडी गर्नको लागि छान्नुभयो । रिजोलीसेन्ट माइकल हस्पिटल टोरोन्टोमा ट्रमा केयरको प्रमुख हुनुहुन्छ । पिएचडी गर्ने मेरो सपना पुरा हुन गइरहेको थियो मेरो सपना मबाट धेरै नजिक थियो ।

तर, सन् २०१५ मा मलाई बाइल डक्ट क्यान्सर भएको पत्ता लाग्यो जुन क्यान्सर तीव्र रुपमा मेरो ओभरी, कलेजो र फोक्सोमा फैलिसकेको थियो । मलाई डाक्टरहरुले ६ महिना मात्रै बाँच्ने घोषणा गरेका थिए । मेरो पिएचडी ८० प्रतिशत सम्पन्न भइसकेको थियो । त्यसपछि मैले आफ्नो पढाइ पुरा गर्नेभन्दा अर्को विकल्प देखिन् । जिन्दगीको दुःखले मलाई पछाडि धकेल्न दिइन् । केमो थेरापीको उपचार लिँदै मैले ल्याब र लाइब्रेरीमा अध्ययन गरिरहें । मैले २० महिनाभन्दा बढी समय आफूलाई हिड्न गाह्रो हुँदाहुँदै पनि पीडालाई सहेर आफ्नो कार्यपत्र प्रकाशन गर्ने र प्रस्तुती दिने काम निरन्तर गरिरहेँ । अहिले मलाई मेरो जुन महिनामा हुने दिक्षान्त समारोहसम्म पनि बाँच्न सक्दिन जस्तो डर लाग्छ । युनिभर्सिटी अफ टोरोन्टोले मेरो उपलब्धिलाई पहिचान गरेर मे ९ तारिखको दिन विशेष दीक्षान्त समारोह आयोजना गरेकोले म धेरै खुसी छु र विश्वविद्यालयप्रति धेरै नै आभारी छु ।

मेरो रिसर्चले सेन्ट माइक हस्पिटलको निर्देशिकाहरु बनाउन सहयोग गरेको छ जुन ट्रमाका विरामीहरुको रगत बग्ने क्रम रोकेर उनीहरुको जीवन बचाउने काममा धेरै नै प्रभावकारी रह्यो । मेरा परिवारका धेरै सदस्यहरुले क्याम्पसले आयोजना गरेको समारोहमा भाग लिए, केही त इन्डियाबाट नै आएका थिए जसले मलाई धेरै नै सम्मानित महसुस गराएको छ । म मेरो छोरी जेडनलाई आफ्नो जिन्दगीको सपनाहरु जस्तोसुकै कठिन परिस्थितीमा पनि हासिल गर्नको लागि एउटा विरासत छोडेर जान पाउँदा खुसी छु । मलाई आशा छ म मेरो सहकर्मी साथीहरुलाई पनि धेरै मेहनत गर्न, आफ्नो सपनाहरु पछ्याउन र जिन्दगी छोटो छ भन्ने पनि सोच्न प्रेरित गर्न सक्नेछु । अन्तिममा हामीसँग अर्को कुरा पनि हुन्छ । जब तपाईले यो जिन्दगी छोड्दै हुनुहुन्छ तपाईको विरासत एक व्यक्तिको रुपमा रहनेछ र तपाईले धेरै माया छोडेर जानुहुनेछ ।

(हिन्दुस्थानटाइम्समा प्रकाशित लेखको भावानुदित)

Loading...

 

  

 

 

धेरै पढिएका समाचार