19 Oct 2017 | बिहीबार, २ कार्तिक, २०७४

logo
CEDEP
सोमबार, २३ फागुन, २०७३

बरिष्ठ पाइलट विजय लामाको मर्मस्पर्शी खुला पत्र रवीन्द्र मिश्रलाई

बरिष्ठ पाइलट विजय लामाको मर्मस्पर्शी खुला पत्र रवीन्द्र मिश्रलाई

 

खुला पत्र मेरो मित्र रबिन्द्रलाई

रवीन्द्र्,
तिमीले अहिलेसम्म आफ्नो पेशाबाट पुर्याएको योगदानलाई साधुबाद । जहिले सत्यको पक्षमा बोल्यौ, लड्यौ र सकारात्मक सोच लिएर राष्ट्रका लागि समर्पित भएर काम गर्यौ ! आफ्नो विशिष्ट अनुभव र बुझेका सांसारिक ज्ञान र निर्दिष्ट तत्वबोधहरु निर्धक्क भएर पस्क्यौ ! 

कहिले डग्मगाएनौ आफ्नो प्रगतिशिल विचारहरु राख्न । आफ्नो आवाजलाई कहिले दबाएनौ गरिब दु:खीको लागि बोल्नलाई होस या भ्रष्टाचारी बिरुद् बोल्नलाई ! सँधै एकै रफ्तारमा अघि बढ्यौ ।


अतितकालीन रत्न-राज्यका हाम्रा किशोरकालीन दिनहरुदेखि आज पर्यन्त त्यही रवीन्द्र नै पाएँ । मैले परिष्कृत तर कुनै परिवर्तन बिनाको । त्यही सरल स्वभाव, त्यही नेतृत्वदायी भाव, त्यही मिठो मुस्कान, त्यही हठरहित शान्त मिलनसार र गम्भीर मिजास, अनि त्यही सहयोगी मन र त्यही जुझारु ब्यक्ति जसले अन्याय सहन सक्दैन थियो र सकेन कहिले पनि ! तिमी पत्रकारितामा छउञ्जेल पित-पत्रकारितालाई पैतालाले कुल्चिरह्यौ । तर आज यसरी तिमीले सफलताको गगन गमन गरिरहेको पेशालाई छोडी अन्यौल, अब्यवस्थित, फोहोरी, लुब्ध र अँध्यारो नितान्त भिन्न जगतमा पाइला चाल्ने तिम्रो निर्णयलाई स्वागत गर्दछु । यस कारण कि तिमी जस्तोको खाँचो छ । त्यहाँ जहाँ निस्वार्थ, निश्पक्ष र निडर लिडरको खडेरी छ् !


तिम्रो त्याग, आँट र स्वप्निल दुस्साहसको कदर गर्छु ! अझ चुनौतीपूर्ण र प्रतिबद् देश विकासप्रतिको तिम्रो समर्पणका लागि सलाम छ मेरो मित्रलाई । तिमीले बोल्दै गरेको "खान पुगोस-दिन पुगोस" जस्ता सामन्ती शब्दावली र "भष्टाचारीलाई किरा परोस" खालका दैवीक श्रापभन्दा माथी उठेर "खान नपाउनेलाई खान पुग्ने युग हाम्रो गन्तब्य" र "भ्रष्टाचारी जेलमा सडोस"को संकल्प नयाँ पुस्ताले तिमीबाट अपेक्षा जो गर्छ गरिरहेछ । सच्याउने छौ । यस्ता अर्थहिन नाराले तिम्रो वौद्धिकतालाई गिज्याएको छ।


म पनि त्यही अपेक्षा राख्छु । आज नेपालमा खाचो भनेको नै एउटा असल, इमान्दार, देश भक्त नेता हो ! यहि तिमीबाट देशले प्राप्त गरेर कायापलट भैदियोस, केवल एउटा ब्यक्तिले ल्याउन सक्छ परिवर्तन पुरै पार्टी या ठुलो जमात चाहिन्न ! नेता एक कार्यकर्ता अनेक ! आफूभित्र भएको सबै सदगुणलाई ब्यवस्थित गर्दै सुदुरगामी यात्राका लागि मेरो शुभ-कामना र सबै भएर पनि केही नभएको देशलाई मात्र "सबै भएको" देश बनाउने महायात्राको थालनी गरिदेउ । दैनिक ३ हजारभन्दा ज्यादा युवाको सस्तो र जोखिम-युक्त श्रमबजारमा पसिना घोट्नुपर्ने बाध्यात्मक विदेश गमनलाई यहीँ रोजगारी सृजना गरेर रोकी देउ, बृद्धहरुको लागि दुई गाँस जाउलो र न्यानो बास उपलब्ध गराइ देउ, युवा जमातलाई सिप र शिक्षा पाउने आधार खडा गरिदेउ र विशेष गरेर नारामा मात्र भ्रष्टहरुको बिरोधमात्र होइन, बृहद नेपाली शब्दकोषबाट भ्रष्टाचार नामको शब्दै डिलिट गरिदेउ ।

................जय चन्द्र सुर्य..............
तिम्रो रत्न राज्य कलेजको अध्ययन ताकाको सखा.......

बिजय लामा

 

Loading...

  

 

 

धेरै पढिएका समाचार