17 Dec 2017 | आइतबार, २ पुष, २०७४

logo
CEDEP
मंगलबार, २७ भदौ, २०७४

२९ भदौंदेखि किंग्स कलेजले आइएफको आयोजना गर्ने

२९ भदौंदेखि किंग्स कलेजले आइएफको आयोजना गर्ने


काठमाडौं—बबरमहलस्थित किंग्स कलेजले आगामी भदौं २९ गतेदेखि इन्टरनेशनल आन्टरप्रेनरसीप फोरम (आइएफ)को आयोजना गर्ने भएको छ । तीन दिनसम्म चल्ने उक्त फोरमका लागि किंग्स कलेजले बेलायतको इसेक्स विजनेश स्कुलसँग सहकार्य गरेको छ ।

‘दिगो उद्यमशीलता तथा आर्थिक विकास’ नारा दिइएको यो सम्मेलन हरेक वर्ष फरक—फरक नाराका साथ विभिन्न देशहरुमा आयोजना हुने गरेको छ । सम्मेलनमा प्लिनरी तथा प्यानल सेसन, एजुकेशनल, नीतिगत तथा अभ्यासजन्य प्रस्तुती तथा छलफल, नेटवर्किङ, सामाजिक अन्तक्रियालगायतका कार्यक्रमहरु समावेस छन् । सम्मेलनमा ६० जनाले प्रस्तुती दिने बताइएको छ । प्रस्तुतीमा उत्कृष्टहरुलाई पुरस्कार समेत ब्यवस्था गरिएको छ ।

मेडेप परियोजनाअन्तर्गत छानिएको १० उत्कृष्ट वस्तुहरुको प्रदर्शनी गरिने आइएफमा १३ वटा स्टलहरु रहने आयोजकले जनाएको छ । साथै पाँच वटा सफल उद्यमशीलता सम्बन्धी भिडियोहरु प्रस्तुत गरिनेछ, जसमध्ये उत्कृष्ट एकलाई ५० हजार पुरस्कार प्रदान गरिनेछ ।

सन् २००१ म इटालीबाट सुरु भएको सम्मेलनको यो १६ औं आइएफ सम्मेलन हो । सम्मेलनमा सहभागी हुन नेपालीले ६ हजार ६ सय ५० तिर्नुपर्नेछ ।

Loading...

 

  

 

 

धेरै पढिएका समाचार