23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
सोमबार, २१ चैत, २०७३

घरमा बच्चा छन् भने यस्ता कुरामा ध्यान दिनुहोस्

घरमा बच्चा छन् भने यस्ता कुरामा ध्यान दिनुहोस्

सानो बच्चा भएको घरमा अभिभावकहरूको जिम्मेवारी पनि बढी नै हुन्छ । बच्चाहरू स्वाभावैले चकचके हुनाले उनीहरूको विशेष हेरचाह गर्नुपर्ने हुन्छ । जब सानो बच्चा बामे सर्न सुरु गर्छ त्यसपछिबाट बच्चाको गतिविधिलाई ध्यान दिनुपर्छ ।

 

सानो बच्चाको जुनसुकै सामान पनि मुखमा हाल्ने बानी हुन्छ । यस्तो बानी बच्चाहरूका लागि खतरनाक पनि हुन सक्छ । तर, कतिपय अवस्थामा अभिभावकको सानो गल्ती पनि बच्चाका लागि भने घातक हुन सक्छ । त्यसैले साना बच्चा भएको घरमा अभिभावकहरूले यस्ता विषयमा ख्याल राख्नुपर्छ?

 

बाथरुमको ढोका सधैँ बन्द राख्नुपर्छ । सानो बच्चालाई एक्लै बाथरुम जान दिनु हुँदैन । त्यसका साथै बाथरुममा कहिले पनि बाल्टी या टबमा पानी भरेर राख्नु हुँदैन ।

 

सानो बच्चाले हरेक सामान मुखमा राख्ने तथा सोही कारण विभिन्न समस्या निम्तिने हुन सक्छ ।

 

त्यसैले सिक्का, गुच्चाजस्ता साना–साना सामग्री जहाँ पायो त्यहीँ राख्नु हुँदैन ।


साना बच्चालाई खाने तथा पिउने वस्तुबारे जानकारी हुँदैन । सोही कारण पेट्रोल, मट्टितेलजस्ता इन्धनहरू बच्चाको पहुँचभन्दा टाढा राख्नुपर्छ ।

 


धेरै बच्चाहरू घरको छत या बार्दलीबाट लडेर घाइते भइरहेका हुन्छन् । यस्तो दुर्घटनाबाट बच्न सुरक्षाका उपाय अपनाउनुपर्छ ।

 

कतिपय अवस्थामा बच्चाहरू तातो पानी, दूध या चियाले पोलेर पनि घाइते भइरहेका हुन्छन् । त्यसैले यस्ता कुरामा पनि ख्याल राख्नुपर्छ ।

 

बच्चालाई घरपालुवा या अन्य जनावरदेखि पनि टाढा नै राख्नुपर्छ । त्यस्तै, बिजुलीका तारहरू पनि नाङ्गो अवस्थामा या प्लकमा जोडेर राख्नु हुँदैन ।

 

कोठामा टिभी सानो स्ट्यान्डमा राख्नु हुँदैन । यस्तो भएमा कुनै पनि समय खस्ने सम्भावना हुन्छ । टेलिभिजनलाई बच्चाको पहुँचभन्दा टाढा राख्नुपर्छ । जसले गर्दा बच्चाले टेलिभिजन हल्लाउन नसकोस् ।

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार