23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
सोमबार, २३ फागुन, २०७३

स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस्

स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस्

यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् । खानु र व्यायामले मात्रैले बेली घट्ने गर्दैन यसका लागि एउटा प्रक्रियामा रहेर पेय पदार्थ लिने काम गर्नुपर्छ ।


केही यस्ता पेय पदार्थहरु रहेका छन् जसका कारण तपाईको मोटोपन घट्ने काम गर्छ । यी हुन् टप ७ पेय पदार्थ जसका कारण सजिलै मोटोपन घटाउन सकिन्छ ।


१. आइस कोल्ड वाटर


चिसो पानी पिउनाले मेटाबोलिक प्रक्रियालाई तिब्रता दिने काम गर्छ । यसले तपाईको धेरै क्यालोरी खर्चिने काम गर्छ ।


दैनिक १६ औस चिसो पानी खानुहोस् र नतिजा हेर्नुहोस् ।


२. नरिवल पानी
नरिवल पानीमा अरुभन्दा बढी इलेक्ट्रीलाइट हुनेगर्छ । जति धेरै इलेक्ट्रोलाइट हुन्छ त्यतिधेरै हाइड्रेट गर्ने काम गर्छ । यस पेथ पदार्थमा तपाईलाई कृत्रिम फ्लेवर र चिनी मिसाउनु समेत आवश्यक पर्दैन । यसले मेटाबोलिजमलाई तिब्रता दिने काम गर्छ भने अर्को तर्फ शक्ति प्रदान गर्ने काम समेत गर्छ ।
३. तर हटाएको दुध (स्किम मिल्क)
तरसँगैको दुध पिउनाले शरिरमा चिल्लोपना बढाउने काम गर्छ । यसले शरिरमा बोसो बढाउने काम गर्छ । धेरै न्युट्रिसनस्टका अनुसार स्किम मिल्क पिउनाले तपाईले ७० प्रतिशत फ्याटबाट बच्न सक्नुहुन्छ । प्रत्येक दिन स्किम मिल्क पिउनुहोस् र यसको फाइदा थाहा पाउनुहोस् ।


४. तरकारीको जुस


तरकारीहरु स्वास्थ्यको लागि एकदमै फलदायी मानिन्छन् । तरकारी खानुभन्दा पनि दैनिक एक गिलास तरकारीहरुको जुस पिउनु शरिरको लागि फलदायी हुन्छ । यसले अनावश्यक मोटोपन बढ्न दिदैन भने मोटोपन कम गर्न पनि मदत गर्छ ।


तरकारीको जुस खाँदा शरिरले कम क्यालोरी पाउने गर्छ । १३५ क्यालोरीभन्दा कम शरिरले प्राप्त गर्छ ।


५. पोषणयुक्त पेय पदार्थ


यस्ता पेथ पदार्थ स्वास्थका लागि राम्रा मानिन्छन् । तर प्राकृतिक रुपमा पनि यसले मानिसमा सकारात्मक असर पार्ने काम गर्छन् । यदी तपाई बजारमा रहेका यस्ता पोषणयुक्त पेथ पदार्थ प्रयोग गरिरहनु भएको छ भने एकपटक चिकित्सकको सुझाव लिनुपर्छ । एकपटक प्रमाणित गरिसकेपछि पोषणयुक्त विभरेज तपाईको स्वास्थ्यका लागि फाइदा छ कि छैन थाहा पाउन सजिलो हुन्छ ।


६. ग्रिन एण्ड ब्ल्याक टि (हरियो र कालो चिया)


तपाईले ग्रिन र ब्ल्याक टि को बारेमा थाहा पाउनु भएकै होला । यसको प्रयोगले पनि मोटोपन घटाउन धेरै मदत गर्छ । शरिरमा मेटाबोलिक प्रक्रियालाई तिब्रता दिन यसले मदत गर्छ । ग्रिन टिले ४३ प्रतिशतभन्दा बढी चिल्लो जलाउने काम गर्छ । यो प्रक्रिया कालो चियामा पनि लागु हुन्छ ।


७. खर्बुजाको रस


यसको रस पिउनाले शरिरमा हाड्रेड पैदा गर्ने काम गर्छ । यसका कारण शरिरमा कुनै पनि नकारात्मक असर पर्दैन । यसमा थोरै क्यालोरी हुने र धेरै पानी हुने गर्छ । यसले आर्जिनाइन पैदा गर्ने काम गर्छ जसमा अमिनो एसिड हुन्छ । उक्त एसिडले चिल्लो काट्ने र मोटोपन कम गराउने काम गर्छ ।

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार