23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
बिहीबार, ३ चैत, २०७३

सास किन गन्हाउँछ ?

सास किन गन्हाउँछ ?

हामी सामान्य टाउको दुखाइलाई पनि महत्व दिन्छौँ । अलिकति कतै छाला नै खोस्रियो भने पनि उपचारको चिन्ता गर्छौ ।

तर, जीवनको सबैभन्दा भहत्वपूर्ण अंग मुख र दाँतको स्वास्थ्यमा भने त्यति धेरै ध्यान दिने गरेका हुँदैनौँ । मुख र दाँतको स्वास्थ्य निकै महत्वपूर्ण हुन्छ । हामीले दाँत र मुख स्वास्थ्यको ख्याल गरेनौँ भने समयभन्दा अघि नै दाँत रोगी हुने र सास गन्हाउनेजस्ता समस्या सुरु हुन्छ ।

यतिमात्र होइन मुख र दाँत स्वास्थ्यमा ध्यान दिइएन भने मुख र जिब्रोको क्यान्सरबाट बच्न सक्दैनौँ । सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुन सक्छ । बालबालिकादेखि नै कुल्ला गर्ने, दाँत माझ्नेलगायतका बानी बसाल्नुपर्छ ।

कारण

गिजामा पिप जमेर

पिनास भएमा

पेटको समस्याका कारण

गिजा रोगी भएमा

दाँतमा खाना अड्केर सडेमा

जिब्रो सफा नगरेमा

पानीको मात्रा कम भएमा

धूमपान र मद्यपानका कारण

मिर्गौलाको समस्या छ भने

फोक्सोको संक्रमणका कारण बच्ने

उपाय

साँझ बिहान राम्रोसँग दाँत माझ्ने

जिब्रोको माथिल्लो भाग सफा गर्ने

कीरा लागेको र प्वाल भएको दाँचको उपचार गर्ने

खानेबित्तिकै कुल्ला गर्ने

प्रशस्त पानी पिउने

कब्जियतलगायतको समस्याबाट मुक्त हुने

दन्त रोग विशेषज्ञसँग उपचार र परामर्श लिने

 

 

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार