23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
बुधबार, १६ चैत, २०७३

यी मानिसको छन् ८०० बच्चा, हर हप्ता बन्छन् एक नयाँ बच्चाको पिता

यी मानिसको छन् ८०० बच्चा, हर हप्ता बन्छन् एक नयाँ बच्चाको पिता

एक मानिसको ८०० बच्चा कसरी हुनसक्छ ? हरेक हप्ता कसरी कसरी पिता बन्न सक्छ ? यो कुरा सुनेर तपाई अचम्ममा पर्नुभयो होला ? कुरा यस्तो रहेको छ ।


वास्तवमा साइमन वाट्सन नामका यी मानिस स्पर्म डोनर हुन र उनले सामाजिक सञ्जालको माध्यमले आफ्नो ब्यापार चलाइरहेका छन् । अहिलेसम्म उनी ८०० बच्चाहरुको पिता बनिसकेका छन् । हरेक हप्ता स्पर्म देखि ताइवानसम्म कही न कही उनका बच्चा जन्मिरहेका हुन्छन् । यही क्रममा स्पर्म डोनेट गर्दै गएमा अबको २ देखी ३ वर्षमा उनका १ हजार भन्दा बढि बच्चा हुनेछन् ।


सामाजिक सञ्जालमा यस्ता धेरै मानिसहरु छन् जो उनीसँग धेरै कम मुल्यमा स्पर्म खरिद गर्छन् । किनभने, यदी कुनै क्लिनकबाट स्पर्म खरिद गर्न पर्यो भने त्यसको लागि धेरै महंगो शुल्क तिर्नुपर्छ । त्यसैले धेरै मानिसहरु स्पर्म किन्नको लागि सिधा वाट्सनसँग सम्पर्क गर्छन् ।


वाट्सन सबैभन्दा धेरै बच्चाको पिता बनेर रेकर्ड बनाउन चाहन्छन् । उनी एक नियमित समय अन्तरालमा आफ्नो पुरा शरिरको चेकअप गराँउछन र हेल्थ सर्टिफिकेट अनलाइनमा पोस्ट पनि गर्छन् । उनी पुरै प्रमाणित तरिकाले यस व्यापारमा लागेका छन् र धेरै मानिसले उनको बारेमा थाहा पाइसकेका छन् ।


केही आलोचकहरुले भने उनको यो कामलाई विरोध गर्ने गरेका छन् । उनीहरुका अनुसार कसैले पनि उनीमाथि कानुनी कारवाही गर्न त सक्दैनन् तर यो काममा एउटा सानो गल्तीको कारणले पनि स्थिति बिग्रन सक्छ । किनभने, यो कुनै मजाक होइन ।

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार