19 Oct 2017 | बिहीबार, २ कार्तिक, २०७४

logo
CEDEP
बिहीबार, २९ भदौ, २०७४

मार्मिक घोडचढी शिल्पीमा

मार्मिक घोडचढी शिल्पीमा

सांस्कृतिक पर्वलाई मुख्य विषयवस्तु बनाइएको मार्मिक नाटक घोडचडी काठमाडौंमा चलिरहेको छ । १६ भदौंदेखि बत्तीसपुतलीस्थि शिल्पी थिएटरमा मञ्चन भइरहेको घोडचडी २ असोजसम्म चल्नेछ ।

सुमेरु कला सरोवरले प्रस्तुत गरिहेको नाटकमा पूर्वी तराईका चमार समुदायको सांस्कृतिक पर्व घोडचडीलाई मुख्य विषयवस्तु बनाइएको छ । चोकचोकमा जुत्ता, चप्पल सिलाउने मुख्य पेशा भएको चमार समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई पनि नाटकमा भावनात्मक ढंगले प्रस्तुत गरिएको छ । चमार समुदायको एक घरका प्रमुख भगतराम घोडचडी पर्वको घोडाको नृत्य गर्ने परम्परा धानिरहेका हुन्छन्, उनी आफ्नो मृत्युस“गै घोडचडी र चमारहरुको मौलिक बाजा चम्खोली बाजा मर्ने चिन्तामा हुन्छन् । ती चिन्तालाई भगतराम मार्फत नाटकमा प्रस्तुत गरिएको छ । तराईमा बस्ने समुदायको आस्था तथा धार्मिक केन्द्रमा गुन्जिने भक्ति संगीत एवं पुजा विधीलाई पनि नाटकमा प्रस्तुत गरिएको छ ।

कलाकार, प्रविधीकर्मी, नेपथ्यकर्मी गरी ३३ रंगकर्मीहरुको एकता झल्किने नाटकमा तराईमा विद्यमान बालविवाह, बेरोजगारीलाई समेटिएको छ । २०२४ सालको ‘गोमाको आ“शु’देखि २०३६ सालमा मञ्चन भएको ‘क्रसमा टा“गिएको जिन्दगी’सम्म अभिनय गरेका पुराना रंगकर्मी लोकमणि सापकोटा ३६ वर्षपछि यही नाटकमार्फत पुनः रंगकर्ममा देखिएका छन् । नाटकमार्फत परम्परागत सांस्कृतिकलाई आधुनिक विकासक्रमस“ग जोड्ने यत्नलाई पनि देखाइएको छ ।

नाटकको परिकल्पना लेखन एवं निर्देशक सुबलमणि सापकोटाले गरेका हुन् भने सहायक निर्देशन सविन कट्टेल तथा कार्यक्रमको संयोजन सुरभी सापकोटाको रहेको छ । नाटकमा लोकमणि सापकोटा, सरस्वती अधिकारी, सविन कट्टेल, विज्ञान गजुरेल, सुरभी सापकोटा, प्रेम दाहाल, शिवलाल सुवेदी, दिलासा श्रेष्ठ केसी, सवन चौधरी, शुलभ पाण्डे, रुपेश लामा, कपाशेली लक्ष्मण, इष्टु कार्की, अनिक कुर्मी, शंकर काफ्ले, नम्रता काफ्ले र सन्तोष गौतमले अभिनय गरेका छन् । नाटकमा तराईकै रैथाने चमार समुदायको चमखौली समूहले चम्खोली बाजाको धुन प्रस्तुत गर्छ ।

Loading...

  

 

 

धेरै पढिएका समाचार