23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
बिहीबार, २६ फागुन, २०७३

के तपाईलाई थाहा छ अविवाहित पुरुषभन्दा विवाहित पुरुष ज्यादा स्वस्थ हुन्छन् ?

के तपाईलाई थाहा छ अविवाहित पुरुषभन्दा विवाहित पुरुष ज्यादा स्वस्थ हुन्छन् ?

के तपाईलाई थाहा छ अविवाहित पुरुषभन्दा विवाहित पुरुष ज्यादा स्वस्थ हुन्छन् ? धेरै वैज्ञानिक अनुसन्धान तथा अध्ययनबाट यस निष्कर्षमा पुगिएको हो ।

 

वैज्ञानिकका अनुसार विवाहित पुरुषहरुमा मुटुरोग, क्यानसर जस्ता रोगहरुसँग लड्ने क्षमता बढी हुन्छ । अविवाहित पुरुषमा यसको सम्भावना कम हुन्छ । जान्नुहोस् आखिर विवाहित पुरुषहरु अविवाहित पुरुषभन्दा किन बढी स्वस्थ हुन्छन् ।


१. पछिल्लो १५० वर्षमा गरिएको एक अध्ययनका अनुसार विवाहित पुरुषहरुभन्दा अविवाहित पुरुषहरु कम स्वस्थ हुन्छन् ।


२. अमेरिकामा १,२५,५४५ जना पुरुषमा गरिएको एक सर्वेमा विवाहित पुरुषहरु अविवाहित वा डिभोर्स भइसकेका युवाहरुभन्दा धेरै समय बाँच्ने र स्वस्थ रहन्छन् ।


३. जापानमा गरिएको एक अध्ययनमा विवाहित पुरुषहरुभन्दा अविवाहित पुरुषहरु मुटुरोगका कारण मृत्यु हुने देखिएको छ ।


४. २७७७९ क्यानसर केश अध्ययनमा अविवाहित पुरुषहरुको क्यानसर एडभान्स स्टेजमा पुगेपछिमात्र थाहा पाउने देखाएको छ ।


५. विवाहले भावानात्मक, मानसिक तथा सामाजिक रुपमा विवाहित पुरुषलाई बलियो बनाउने गर्छ । अविवाहित पुरुषमा डिप्रेशनको सम्भावना बढी हुने बताइएको छ ।


६. विवाहित पुरुषको तौल बढ्ने सम्भावना एकल वा अविवाहित पूरुषभन्दा २५ प्रशिसतले बढी हुन्छ ।

 

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार