23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
आइतबार, १३ चैत, २०७३

होला त मेस्सीलाई कारबाही !

होला त मेस्सीलाई कारबाही !

विश्व कप छनोट चरण अन्तर्गत गतसाता अर्जेन्टिनाले चिली विरुद्धसँग १-० को जित दर्ता गर्यो। उक्त खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रेफ्रिहरुसंग केहि असन्तुष्ट देखिएका थिए ।

 

उक्त खेलमा रेफ्रिहरु प्रति अपशब्द प्रयोग गर्दै उनीहरुलाई अपमान गरेको आरोप मेस्सी माथि लागेको छ ।


अर्जेन्टिनी रेडियो ‘ला रेड’ का अनुसार रेफ्रिहरुले आफ्नो खेलको प्रतिवेदनमा बर्सिलोनाका स्टार मेस्सीको अभद्र शैलीलाई उल्लेख गरेका छन् ।

 

खेलका दौरान चिलीका खेलाडीहरुबाट ट्याकल सहनु परेको मेस्सीले खेलका दौरान र खेल सकिएलगत्तै रेफ्रि प्रति असन्तुष्टि जनाउदै अपशब्द प्रयोग गरेको आरोप उनि माथि लागेको हो । यस घटना प्रति फिफाले कुनै प्रतिक्रिया दिएको छैन तर अर्जेन्टिनाका कप्तान मेस्सी दोषी साबित भए फिफाबाट कारवाहीमा पर्नेछन ।

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार