23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
बुधबार, १५ भदौ, २०७३

अदितीको शिरमा मिस टिन कलेजको ताज

अदितीको शिरमा मिस टिन कलेजको ताज

काठमाडौं—मिस टिन कलेज—२०१६ को ताज १७ वर्षीया अदिती तुलाधरले जितेकी छिन् । हात्तीवनस्थित लिटिल एन्जल कलेजमा कक्षा १२ मा पढिरहेकी अदितीले मिस टिनको ताजसँगै मिस पर्सनालिटी र वेष्ट स्टाइलिसको उपाधि समेत जितेकी छिन् ।

सिजन मिडियाले आयोजना गरेको मिस टिन कलेजको मंगलबार भएको फाइनल प्रतिस्पर्धामा अदितीले २७ जना प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् ।

मिस टिन कलेज उपाधि जितेबा पत उनले १६० हजार वरावरको स्कुटर ह्वाइट हाउस कलेज वानेशवरको तर्फवाट छात्रवृति, फेशन सेन्टर भाटभटेनीको थर्फवाट १० हजार वरावरको साडी साथै नेपाल एयर होस्टेज एकेडेमीको तर्फवाट २५ हजार वरावरको एयर होस्टेज तालिमको लागि छात्रावृति पनि हासिल गरिन ।

यस्तै फष्ट रनअरपको उपाधि भने १७ वर्षीया प्रतीक्षा तामाङले जितिन भने सेकेण्ड रनरअपको उपाधि १७ वर्षीया प्रार्थना बस्नेतले कब्जा गरिन् ।


यस्तै, सामाखुशीको रेडन कलेजमा ११ कक्षामा पढ्दैं गरेकी सोनाम खड्गी थर्ड रनरअप घोषित भइन् भने सेन्टर लरेन्स कलेज चाबहिलकी छात्रा वर्षा बस्नेत फोर्थ रनरअप घोषित भइन् ।

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार