02 Oct 2020 | शुक्रबार, १६ असोज, २०७७

logo
KCCS
मंगलबार, २० भदौ, २०७४

आफ्नै छोराकी प्रेमिकासँग बैकरको रबिना देसराजको बिकीनी अवतार

आफ्नै छोराकी प्रेमिकासँग बैकरको रबिना देसराजको बिकीनी अवतार

काठमाडौं—नायिका प्रियंका कार्कीले एक बिकिनी फोटो सामाजिक सन्जालमा चर्चा र अालोचना भइरहेको छ  । आफ्ना प्रेमी आयुष्मान देसराजकी बैकर आमा रबिना देशराजसँगको बिकीनी फोटो खिचेर सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना हुन थालेको छ ।

प्रियंकाले इन्ट्राग्रामबाट सार्वजनिक गरेको उक्त फोटोमा ‘अ मच निडेड पम्पर डे’ क्याप्सन लेखिएको छ । तस्विरमा रविना रातो बिकीनीमा देखिन्छिन् भने प्रियंका कालो बिकीनीमा छन् ।

उनीहरुले घरभित्रै खिचेर उक्त तस्विर सार्वजनिक गरेका हुन् । रबिना पनि ग्ल्यामर छविकी बैकर मानिन्छन् ।

२१ हजार बढीले लाइक गरेको उक्त फोटोमा सयौंले कमेन्ट गरेका छन् । सामाजिक सञ्जालमा पनि रविना जस्तो चर्चित बैकर आफ्नी हुनेवाला बुहारीसँग अर्धनग्न फोटो सुट गराएको भन्दैं आलोचना सुरु पनि भएको छ । ‘हुनेवाला बुहारीसँग अर्धनग्न भएर फोटो सेसन गराई सामाजिक सञ्जालमा छर्ने बैकरले बैकको छविलाई कस्तो बनाउन खोजेकी हुन्,’ तिलक कोइराला नेपालीले आफ्नो फेसबुकमा लेखेका छन् ।

कतिपयले भने रबिनाको बचाउ समेत गरेका छन् ।

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार