02 Oct 2020 | शुक्रबार, १६ असोज, २०७७

logo
KCCS
सोमबार, १९ भदौ, २०७४

यी हुन् राजबल्लभले रोजेकी इन्जिनियर युवती,सुुटुक्क इन्गेजमेण्ट

यी हुन् राजबल्लभले रोजेकी इन्जिनियर युवती,सुुटुक्क इन्गेजमेण्ट


चकलेटी नायक राजबल्भल कोइरालाले अमेरिकामा सुटुक्क इन्गेजमेण्ट गरेका छन् । लामो समयदेखि अमेरिकामा रहेका राजबल्लभले बिहीबार प्रेमिका प्रतिमा विमलीसँग इन्गेजमेण्ट गरेका हुन् ।

उनीहरु लामो समयदेखि प्रेममा रहेका थिए । विवाहको विषयमा भने केही खुलाइएको छैन् । राजबल्लभ र उनकी प्रेमिकाले पनि आफ्नो इन्गेजमेण्टका बारेमा धारणाहरु सार्वजनिक गरेका छन् ।

झापाकी विमली पेशाले इन्जिनियर भएको बताइएको छ । नेपाली फिल्म निर्देशक सुरेश दर्पण पोखरेलले दुवैको फोटोहरु सार्वजनिक गर्दै बधाई दिएका छन् ।

राजबल्लभ ‘पर्खी बसे’ फिल्मबाट नेपाली सिने नगरीमा भित्रिएका हुन् । उनले हलिउड सिनेमा ‘हाइवे टु धम्पुस’मा समेत काम गरेका थिए ।

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार