23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
सोमबार, ६ आषाढ, २०७३

जोफेन भइन् एसएलसी प्रिन्सेस

जोफेन भइन् एसएलसी प्रिन्सेस

काठमाडौं—सिजन मिडियाले आयोजित ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१६ को ताज १६ वर्षीया जोफेन लामाले चुमेकी छिन् । शनिबार भएको फाइनलमा अनामनगरको एसियन पब्लिक स्कुलकी यी विदार्थीले ३९ जना प्रतियोगीलाई पछार्दै ताज कब्जा गर्न सफल भएकी हुन् ।

उनले ताजसँगैं भ्युवर्स च्वाई र वेष्ट वाकको अवार्ड समेत हात पारिन् । उपाधिसँगै उनले भिजी सुजुकी स्कुटर, हिमालय ह्वाइट हाउस कलेजमा प्ल टुका लागि छात्रवृति समेत हात पारिन् ।

यसैगरी प्रतिष्ठा गुरुङ फष्ट रनरअप भइन् । सेकेण्ड रनरअपको उपाधि भने प्रशंशा सिटौंलाले हात पारिन् । प्रतिष्मा वाग्लेले थर्ड रनरअपको उपाधि हात पारिन भने रोशिका धमला फोर्थ रनरअप भइन् ।

प्रतियोगिताको निर्णायकमा मीना कैनी, प्रेम गुरुङ, सम्झना खरेल, जनकदीप पराजुली, सन्तोष श्रेष्ठलगायत रहेका थिए ।

 

तस्वीरः अोमलाल अकेला

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार