23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
सोमबार, ३० फागुन, २०७३

सोयाबिनबारे तपाईलाई यी महत्वपुर्ण कुराहरु थाहा नहुनसक्छ

सोयाबिनबारे तपाईलाई यी महत्वपुर्ण कुराहरु थाहा नहुनसक्छ

सोयाविन एउटा यस्तो शाकाहारी भोजन हो जसमा मांसहारमाभन्दा पनि धेरै प्रोटीन र पोषक तत्व पाइन्छ । यसको प्रयोग विभिन्न तरहले समेत हुने गरेको छ । सोयाबिन खानाले तपाई सुन्दर समेत देखिनुहुनेछ । सोयाबिनमा ओमेजा–६, ओमेगा–३, फाइबर जस्ता तत्वहरु रहेका हुन्छन् ।

 

यसको प्रयोगले विरामीहरुलाई राहत मिल्छ । जो मानिसहरु बारम्बर सोयाविन खाने गर्छन् उनीहरु छिटो बुढो पनि हुँदैनन् । यसमा भिटामिन वी कम्प्लेक्स र भिटामिन इ प्रचुर मात्रामा हुन्छन् । जसले शरिर निर्माणमा अमिनो एसिड प्रदान गर्छ । यसले हाम्रो शरिरमा उर्जा प्रदान गर्ने काम गर्छ ।


सोयाविन खानुका लाभहरु यस्ता रहेका छन् ।


१. मुटुका रोगीलाई फाइदाजनक


सोयाविनमा कोलस्ट्रोलको कमी भएका कारण मुटु रोगीले सोयाविन खानु राम्रो हुन्छ ।


२. उच्चरक्त चाप


आधा कप रोस्टेड सोयाविन ८ हप्तासँग लगातार खाने हो भने ब्लड क्यानसर कन्ट्रोल हुन्छ ।


३. अनुहारमा सम्बन्धी रोगलाई लाभकारी हुन्छ


यसले शरिरको रगतलाई सफा गर्ने काम गर्छ । एनीमियाबाट बच्न पनि सोयाबिनले मदत गर्छ ।


४. डिप्रेशन कम गर्छ


सोयाबिन खानाले मेमोरी पावर बढ्छ । यसकारण तनाव र चिडचिडापन हट्छ । यसले मनलाई शान्त बनाउँछ ।


५. हड्डीलाई बलियो बनाउँछ ।


यसको लगातार प्रयोगले हड्डीको कमजोरी कम हुन्छ । यसका कारण अस्टियोपोरोसिस रोगको खतरा पनि कम भएर जान्छ ।


६. क्यानसर रोक्न सहयोग गर्छ


यसमा भरपुर क्यानसर प्रतिरोधक क्षमता हुन्छ । यसको प्रयोगले स्तन र प्रोस्टेट क्यानसरलाई धेरै हदसम्म रोक्ने काम गर्छ ।


७. प्रोटिन


शरीरलाई प्रोटिनको धेरै नै आवश्यकता पर्छ । सोयाबिनमा दुधमा अण्डा, मासु, माछामाभन्दा बढी प्रोटिन हुन्छ । यसको प्रयोगले दिमाग, मुटु, नङ, कपाललाई बलियो बनाउने काम गर्छ ।


८. विभिन्न प्रकारले सोयाविनको प्रयोग गर्न सकिन्छ ।


कतिले पनिरमा सोयाविनको प्रयोग गर्छन्, कतिले दुधमा प्रयोग गर्छन् । सोयाबिनमा तेलको उपयोग निकै कम मात्रामा हुनेगर्छ ।

 

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार