23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
मंगलबार, १५ चैत, २०७३

शाकाहारीहरुले पढ्नै पर्ने

शाकाहारीहरुले पढ्नै पर्ने

मानव शरिरको वृद्धि विकासमा प्रोटिनको भुमिका महत्वपुर्ण हुन्छ । प्रोटिन हाम्रो शरिरको कोश र तन्तुको मर्मतका लागि महत्वपूर्ण मानिन्छ ।


मानव शरिरमा प्रोटिनको कमी भएमा कोश र तन्तुका कार्यमा रोकावट आउन थाल्छ र अनेक शारीरिक समस्याहरु निम्तिन सक्छन् । त्यसैले मानव शरिरले उत्कृष्ट तरिकाले काम गर्नका लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यकता पर्छ ।


अझै तपाई अत्यधिक शारीरिक गतिविधि गर्नुहुन्छ भने तपाईंलाई प्रोटिनको आवश्यकता झनै धेरै हुन्छ ।


शरिरको लागि धेरै नै आवश्यक हुने प्रोटिनको मुख्य स्रोतको रुपमा धेरै जसो मानिसले मासुलाई लिने गर्छन् । तर, मासु मात्र प्रोटिनको राम्रो स्रोत भन्ने कुरा गलत हो ।


मासु बाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जो प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् । माछा मासु तथा अन्डा सेवन नगर्ने मानिसहरुले यस्ता खानेकुराको सेवन गरेर आफ्नो शरिरको लागि आवश्यक प्रोटिन पाउन सक्छन् ।


शाकाहारी मानिसले आफुलाई आवश्यक प्रोटिनको मुख्य स्रोतको रुपमा यस्ता खानेकुरालाई खान सक्छन्


१. तोफू
तोफू सोयाबिनबाट बनेको हुन्छ जुन प्रोटिनको एक उत्कृष्ट स्रोत हो । यसमा प्रोटिनमात्र नभई थुप्रै अन्य पोषक तत्व पनि पाइन्छन् । जुन शरिरका लागि आवश्यक हुन्छ ।


२. मुसुर दाल
प्रोटिन, फाइबर र एन्टीअक्सिडेन्टले भरिपूर्ण मुसुरको दालले पेटलाई सफा राख्न सहयोग गर्दछ । साथै यसले अनेकौं स्वास्थ्य समस्या जस्तै मधुमेह र क्यान्सरको जोखिमलाई कम गर्छ ।

 

३. स्पिरुलिना
स्पिरुलिनामा भरपुर मात्रामा प्रोटिन हुन्छ । यसका साथै यसमा म्याग्नेसियम, पोटासियम र फ्याटी एसिडजस्ता आवश्यक पोषक तत्व पाइन्छन् जुन शरिरको लागि आवश्यक छन् ।

 

४. ब्रोकाउली

ब्रोकाउली प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने ब्रोकाउलीलाई तरकारीको रुपमा प्रयोग गरेर आवश्यक प्रोटिन प्राप्त गर्न सक्नुहुन्छ ।

 

५. बदाम

बदाम, काजू, र ओखर लगाएतका ड्राइफ्रुट्स पनि प्रोटिनको राम्रो स्रोत हो ।

 

६. जौ

जौ प्रोटिन र फाइबरले भरिपूर्ण हुन्छ । यो म्याग्नेसियम र जिंकको पनि राम्रो स्रोत हो । त्यसकारण शाकाहारी मानिसहरुले आवश्यक प्रोटिन पाउनको लागि प्रतिदिन आधा कप ओट्स को सेवन गर्दा राम्राे हुन्छ ।

 

७. भटमासको दुध
भट्मासको दुध प्रोटिनमा समृद्ध छ र भिटामिन डी, बी १२ र क्याल्सियमको एक महत्वपूर्ण स्रोत पनि हो ।

 

८. टुसा उम्रेको गेडागुडी
टुसा उम्रेको गेडागुडीमा भिटामिन सी र बीटा क्यारोटिनजस्ता अन्य स्वस्थ पोषक तत्वहरु भरपुर मात्रामा पाइन्छन् ।

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार