19 Oct 2017 | बिहीबार, २ कार्तिक, २०७४

logo
CEDEP
मंगलबार, २७ आषाढ, २०७४

अष्ट्रेलियन अवार्ड के हो ? सरकारी छात्रवृत्तिमा अष्ट्रेलिया पढ्न जान चाहनेले जान्नैपर्ने कुरा

अष्ट्रेलियन अवार्ड के हो ? सरकारी छात्रवृत्तिमा अष्ट्रेलिया पढ्न जान चाहनेले जान्नैपर्ने कुरा

काठमाडौं—विकसित देशहरुले अल्पविकसित र विकाशोन्मुख देशका विद्यार्थीहरुका लागि विभिन्न छात्रवृत्तिका कार्यक्रमहरु अगाडि बढाइएका हुन्छन् । अष्ट्रेलियन सरकारले विकाशोन्मुख तथा अल्प विकसित देशहरुका विद्यार्थीका लागि अगाडि बढाइरहेको छात्रवृत्ति हो— असएड छात्रवृत्ति ।

जसले गरिब, अल्पविकसित र विकाशोन्मुख देशहरुबाट विद्यार्थीहरुलाई अध्ययन र अनुसन्धानको अवसर प्रदान गर्दछ । यो छात्रवृत्तिअन्तर्गत अस्ट्रेलियाका जुनसुकै विश्वविद्यालयमा पनि पढ्न पाइन्छ ।

असएड छात्रवृत्ति दुई किसिमको हुन्छ । एउटा लिडरसिप अवार्ड स्कलरसिप र अर्को डेभलपमेन्ट स्कलरसिप तर सन् २०१५ पछि यसलाई अस्ट्रेलियन अवार्ड भन्न थालिएको छ । अवार्ड अन्तर्गत नेपाल सरकारका विभिन्न निकायमा कार्यरत कर्मचारीहरुका बीचमा आन्तरिक किसिमबाट प्रतिस्पर्धात्मक रुपमा उत्कृष्ट छनोट गरी अध्ययन र अनुसन्धानको अवसर दिइन्छ साथै खुला प्रतिस्पर्धामार्फत् उत्कृष्ट विद्यार्थीहरु छनोट गरी अध्ययन अनुसन्धानको अवसर दिइन्छ ।

यो अवार्डमा अस्ट्रेलिया पढ्न अहाउनेहरुले पछि स्वदेश फर्केर आफ्नै सरकार तथा देशमा काम गर्ने प्रतिबद्धता जनाएका हुन्छन् । सन् १९७४ मा स्थापना भएको अस एड कार्यक्रम सुरुमा एडीएएको नामबाट सुरु भएको थियो । पछि सन् १९९५ मा यसको नाम अस्ट्रेलियन एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (अस एड) राखिएको हो ।

यस्तै अस्ट्रेलियन नागरिक र विदेशी नगरिक दुवैले योग्यता, क्षमता र गुणस्तरको आधारमा खुल्ला रुपम इन्डेभोर छात्रबृत्ति प्रदान हुँदै आएको छ । विश्वका बिभिन्न देशहरुबाट यो छात्रबृत्तिका लागि आवेदन पर्ने भएकाले यो निकै प्रतिस्पर्धात्मक हुने गरेको छ । अस्ट्रेलियन नागरिकहरु पनि यो छात्रबृतिमा विश्वका विभिन्न देशहरुमा गएर अध्ययन गर्ने गरेका छन् ।


तस्वीरःएसबीएस

Loading...

  

 

 

धेरै पढिएका समाचार