17 Dec 2017 | आइतबार, २ पुष, २०७४

logo
CEDEP
बुधबार, ११ साउन, २०७४

भर्जेनिया कमन वेल्थ युनिभर्सिटीकी सह–प्राध्यापक वाङ्देलको निधन

भर्जेनिया कमन वेल्थ युनिभर्सिटीकी सह–प्राध्यापक वाङ्देलको निधन

अमेरिका—भर्जेनिया कमन वेल्थ युनिभर्सिटीमा सह–प्राध्यापक तथा वरिष्ठ कलाकार डिना वाङ्देलको संयुक्त राज्य अमेरिकाको भर्जेनियामा निधन भएको छ । मंगलबार मेनन्जाइटिक्सका कारण ५५ वर्षको उमेरमा उनको निधन भएको हो ।

वाङ्देल कलाको इतिहास विषयमा करिब दुई दशकदेखि अध्यापन गराउँदै आएकी थिइन । आधुनिक कलाका प्रणेता लैनसिंह वाङ्देलका छोरी वाङ्देल सोही युनिभर्सिटीको दोहास्थित कलेजमा प्रमुखका रुपमा कार्यरत थिइन् ।


नेवारी परम्परागत कलाका साथै समकालीन कलाको विकासमा ठूलो योगदान पु¥याएकी वाङ्देलले अन्तर्राष्ट्रिय तहमा नेपालको कला प्रवद्र्धन गर्दै आएकी थिइन् । वाङ्देलको श्रीमान् र दुई छोरा अमेरिकामा नै बस्दै आएका छन् ।

Loading...

 

  

 

 

धेरै पढिएका समाचार