19 Oct 2017 | बिहीबार, २ कार्तिक, २०७४

logo
CEDEP
शुक्रबार, १६ आषाढ, २०७४

भर्ना पाउन सबैभन्दा सजिला १५ बेलायती विश्वविधालयहरु

भर्ना पाउन सबैभन्दा सजिला १५ बेलायती विश्वविधालयहरु

लण्डन । बेलायती डिग्री संसारभर बिकाउ हुन्छ, त्यो पनि चर्को भाउमा । संसारका हरेक कुनामा बस्नेहरु विश्वप्रतिष्ठित बेलायती विश्वविधालयबाट डिग्री लिने सपना देख्ने गर्छन ।


संसारभरका उत्कृष्ट विश्वविधालयहरुको सुचीमा कैयौं बेलायती विश्वविधालयहरु पर्ने गर्छन् । पछिल्लो समय इमिग्रेसनमा गरिएको कडाई र ब्रेक्जिटका कारण प्रतिकुल असर पुग्ने विश्लेषणका बीच पनि न त बेलायती विश्वविधालयप्रतिको आकर्षण घटेको छ, न त उनीहरुको प्रतिष्ठा नै ।


जति बढि प्रतिष्ठा र आकर्षण छ, यी बेलायती विश्वविधालयहरुमा भर्ना पाउन पनि त्यत्तिकै अफ्ठेरो छ । निकै झञ्झटिलो र कडा मापदण्ड पूरा गरेपछि मात्र यी विश्वविधालयको ढोका खुल्ने गर्छ ।


तर यीनै  बेलायती विश्वविधालयहरुमध्ये पनि तुलनात्मक रुपमा केहि विश्वविधालयहरु भर्ना पाउनका लागि सजिलो छन् । द कम्प्लीट युनिभर्सिटी गाईडले सार्वजनिक गरेको सन् २०१८ को लागि बेलायती विश्वविद्यालयको सुचीमा भर्ना पाउन सबैभन्दा सजिलो १५ विश्वविधालय सुचीकृत छन् ।

 

भर्ना हुनका लागि विधार्थीले पूरा गर्नुपर्ने मापदण्ड (औसत युकास स्कोर) सबैभन्दा न्यून रहेका आधारमा यो सुची तयार छ ।


भर्ना पाउन सबैभन्दा अफ्ठेरो मानिने क्याम्ब्रिज र अक्सफोर्ड विश्वविधालयमा भर्ना हुने विधार्थीको औसत युकास स्कोर क्रमश ५ सय ९२ र ५ सय ७० छ भने सबैभन्दा सजिलो विश्वविधालयमा भर्ना पाउने विधार्थीको औसत युकास स्कोर २ सय ४४ छ ।


भर्ना पाउन सबैभन्दा सजिलो १५ बेलायती विश्वविधालयरु :


१५ युनिभर्सिटी अफ सन्डरल्याण्ड, युकास स्कोर २ सय ८२


१४ बिसप ग्रोसिटेस्ट युनिभर्सिटी, युकास स्कोर २ सय ८२


१३ साउथ ह्याम्पटन सोलेन्ट युनिभर्सिटी, युकास स्कोर २ सय ८०


१२ युनिभर्सिटी अफ रोयह्याम्पटन युकास स्कोर २ सय ८०


११ केन्टवरी क्रायस्ट चर्च युनिभर्सिटी, युकास स्कोर २ सय ७९


१० युनिभर्सिटी अफ सफोल्क, युकास स्कोर २७६


९ लिड्स ट्रिनिटी युनिभर्सिटी, युकास स्कोर २ सय ७४


८ युनिभर्सिटी अफ नर्थ ह्याम्पटन, युकास स्कोर २ सय ७३


७ बकिंगहमशायर न्यू युनिभर्सिटी, युकास २ सय ७०


६ लण्डन साउथ ब्यान्क युनिभर्सिटी, युकास स्कोर २ सय ६९


५ बर्कबेक युनिभर्सिटी अफ लण्डन, युकास स्कोर २ सय ६०


४ लण्डन मेट्रोपोलिटन युनिभर्सिटी, युकास स्कोर २ सय ६०


३ एङ्ग्लिया रस्किन, युकास स्कोर २ सय ५७


२ रेक्साम ग्लिन्डर युनिभर्सिटी, युकास स्कोर २ सय ४७


१ युनिभर्सिटी अफ बेडफोर्डशायर, युकास २ सय ४४

 

 

Loading...

  

 

 

धेरै पढिएका समाचार