23 Nov 2019 | शनिबार, ७ मंसिर, २०७६

logo
KCCS
बिहीबार, २४ फागुन, २०७४

विद्यार्थीहरुले यो फेयरबाट अधिकतम लाभ लिन सक्नेछन्

विद्यार्थीहरुले यो फेयरबाट अधिकतम लाभ लिन सक्नेछन्

विगत लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा क्रियाशील विज्ञहरुको सक्रियतामा सन् २०१२ मा स्थापित एजुकेसन पार्कले उच्च शिक्षा अध्ययनका लागि विभिन्न देश जान चाहने विद्यार्थीहरुका लागि भाषा कक्षा तथा शैक्षिक परामर्श दिँदै आएको छ । काठमाण्डौं सुन्धारा स्थित सिभिलमलको लेभल–८मा केन्द्रीय कार्यालय रहेको एजुकेसन पार्कले विशेषतः अष्ट्रेलिया, अमेरिका, युके, न्युजिल्यण्ड लगायतका देशमा जान चाहनेका लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको छ ।

एजुकेसन पार्कले उच्च शिक्षा अध्ययाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि यहि फाल्गुन २५ गते शुक्रबार (मार्च ९) मा “स्टडि इन अस्ट्रेलिया फेयर २०१८”को आयोजना गर्ने भएको छ । सुन्धाराको सिभिल मल लेभल–६ फुड कर्टमा बिहान १० देखि ४ बजेसम्म आयोजना हुने उक्त फेयरमा अस्ट्रेलियाका प्रतिष्ठीत २० भन्दा बढि युनिभर्सिटी तथा कलेजका उच्च अधिकारीहरुबाट प्रत्यक्ष परामर्श तथा जानकारी प्राप्त गर्न सकिने छ ।  यसै फेयरको सन्दर्भमा एजुकेसन पार्कका कार्यकारी निर्देशक विरज पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश: 

अष्ट्रेलियन एजुकेशन फेयर आयोजनाको मुख्य उद्येश्य के हो ?
अष्ट्रेलिया जान चहाने बिद्यर्थीहरुलाई एकै स्थानबाट छोटो समयमा प्रर्याप्त जानकारी तथा परामर्श लिन सकुन् भन्ने नै यस फेयरको मुख्य उद्देश्यहो । फेयरमा अष्ट्रेलियाका प्रतिष्ठित २० भन्दा बढी यूनिर्भसीटी तथा कलेजका प्रतिनिधिहरुको उपस्थिती रहने छ ।


एउटा विद्यार्थीलाई एजुकेसन फेयर हुनु र नहुनुमा तात्विक भिन्नता हुन्छ ?

बिद्यार्थीहरुलाई फेयर हुनु र नहुनुमा एकदमै फरक छ किनकी एउटा बिद्यार्थी अस्टे«लिया गइसकेपछि आईपर्न सक्ने समस्या समाधान कसरी गर्ने र कलेज तथा यूनिर्भसिटीहरुले प्रदान गर्ने शिक्षाका बिषयमा प्रत्यक्षरुपमा जानकारी पाउने हुदा फरक त अबस्यनै भैहाल्छ ।

 

पछिल्लो समय उच्च शिक्षा अध्ययन गर्न विदेशजान चाहने विद्यार्थीहरुलाई लक्षित गरि एजुकेशन सेमिनार दैनिक जसो भइरहेको देखिन्छ, यसरी सेमिनारहरु बढ्नुमा कन्सलटेन्सीहरु बीचको प्रतिष्पर्धा हो या आवश्यकता ?
हैन, यो हामीले के बुझ्नु पर्छ भन्दा एउटा बिद्यार्थी अस्टे«लिया जानु भन्दा अगाडी उसले के कुन शैक्षिक संस्थामा अध्यान गर्ने संसगै अस्टे«लियाका बिषयमा प्रयाप्त जानकारी लिनु आवश्यक छ । त्यसैले प्रतिष्पर्दा भन्दा पनि बिद्यार्थीलाई प्रयाप्त जानकारी तथा परामर्शको लागि चही यस प्रकारका फेयर आवश्यता नै हो ।


यहाँ हरुले गर्ने लाग्नु भएको एजुकेशन फेयर कति बिद्यार्थीहरुले अबलोकन गर्ने अपेक्षा गर्नु भएको छ ?
करिब ७ सय भन्दा माथिको हाराहारीमा बिद्यार्थीहरुले अवलोकन गर्ने अपेक्षा राखेका छौँ ।


तपाईहरुसँग २० भन्दा बढि यूनिर्भसिटी तथा कलेजका प्रतिनिधिहरुको सहभागिता हुने कुरा बताउनु भयो, यति धेरै बिद्यार्थीहरुलाई १० देखि ४ बजे भित्र परार्मशका निम्ती कत्तिको सहज होला ?

एउटा राम्रो पक्ष के छ भने हामी सिभील महलमा नै गर्दे छौँै फेयर हाम्रो अफ्नै अफिसमा गर्दै छौँ । फेयर छैठौं तलामा हुँदैछ भने हाम्रो अफीस ८औँ तलामा छ । फेयरनै हामिले विद्यार्थीले पढ्न चाहेको विषय र लेभल अनुसार सम्बन्धित प्रतिनिधि मार्फत परामर्श लिन सकिने गरि अत्यन्त सहज तरिकाले व्यवस्थापन हुन्छ । बिद्यार्थीहरुले अझ बढी परामर्श लिन चहना राख्नुभयो भने हाम्रो एक टिम अफीसमा पनि हुन्छौं, त्याहाँ पनि बुझ््न सक्नु हुने छ, त्यसैले सहज नै हुने छ ।


फेयरमा बिद्यार्थीहरुको साथमा अभिभावक पनि सहभागि हुन्ु कतिको आवश्यक छ ?

हाम्रो चाहना नै बिद्यार्थीहरुले आफ्ना अभिभावकको साथमा फेयरमा सहभागि होउन भन्ने हो किनकी र्अिर्थक पाटो देखि सबै कुराको डिसिजन त अभिभाबकले दिने हो, त्यसैले सकेसम्म अभिभाबक लिएर आउनु राम्रो हो ।

 

पछिलो समय अस्टेलीया जान चहाने बिद्यार्थीहरुको क्रेज बड्दै गहिरहेको छ ,बिद्यार्थीहरुको चाहना अष्ट्रेलियामा बढि हुनुको प्रमुख कारण के के छन् ?
यस्तो छ, अस्टे«लियामा ४२⁄४३ बटा यूनिर्भसिटी छ, सबैले एकसे एक गुणस्तरिय शिक्षा प्रदान गरिरहेका छन् । उनिहरुको मुख्य आयस्रोत भनेकै विदेशी विद्यार्थीहरुबाट हुन्छ । र त्याहाँको शैक्षिक वातावरण र विश्वव्यापि मान्यता, सामाजिक परिवेश, अवसर, शान्ति सुरक्षा लगायत सबै अनुकुल र ब्यबस्थीत भएकाले बिद्यार्थीहरुको चाहना अस्टे«लियामा बढ्दै गएको हो ।

अष्ट्रेलिया जाने विद्यार्थीहरुले कुन कुन कुरामा विशेष ख्याल पु¥याउनुपर्छ ?

आफूले अध्यान गर्न चाहेको विषय, शैक्षिक संस्था रहेको स्थान, अभिभावकको आर्थिक अवस्था, त्यहाँको नीतिनियम लगायतका सम्पूर्ण बिषयमा आधारभुत जानकारी त अनिवार्य हुनै पर्छ ।


अन्त्यमा, सेमिनारका सम्बन्धमा लक्षित विद्यार्थी तथा अभिभावकहरुलाई केहि भन्न चाहनुहुन्छ ?

हाम्रो फेयरमा आउनुस एक चोटी पाल्नुहोस्, छोटो समयमा एकै स्थानबाट सम्बन्धित कलेज, युनिभर्सिटीका प्रतिनिधिहरुबाट पर्याप्त जानकारी, परामर्श प्राप्त गरी आफ्नो गन्तव्य निश्चित गर्न यस फेयर बाट अधिकतम लाभ लिनुहोस भन्न चहान्छु ।

Loading...

 

 

 

धेरै पढिएका समाचार