30 May 2020 | शनिबार, १७ जेष्ठ, २०७७

logo
KCCS
बुधबार, २९ भदौ, २०७३

‘अष्ट्रेलिया जाने विद्यार्थीका लागि सबैभन्दा महत्वपूर्ण कुरा जेनयुन टेम्पोररी इन्ट्यान्ट (जीटीई) हो’

‘अष्ट्रेलिया जाने विद्यार्थीका लागि सबैभन्दा महत्वपूर्ण कुरा जेनयुन टेम्पोररी इन्ट्यान्ट (जीटीई) हो’

एइसीसी ग्लोबल अष्ट्रेलियन अन्तर्राष्ट्रिय एजुकेशन कन्सल्ट्यान्सी हो । भिसा प्रोसेसिङ सेवा प्रदान गर्दै आएको यो कम्पनीले काठमाडौंबाट समेत आफ्नो सेवा दिदैं आएको छ । यसबाहेक पोखरामा पनि एइसीसीले आफ्नो सेवा विस्तार गरेको छ । अष्ट्रेलियाले हालै स्ट्रीमलाइन भिसा प्रक्रियालाई परिवर्तन गर्दै सिम्पलिफाइड स्टुडेण्ट भिसा फ्रेमवक लागु गरेको छ । कतिपयले यसलाई भिसा प्रक्रियामा सहजीकरण भनेका छन् । एइसीसी ग्लोबल काठमाडौंका एसिष्टेन्ट म्यानेजर शैलेशकुमार झासँग एजुकेशन समाचारले अष्ट्रेलियाको भिसा प्रक्रिया, खर्च, एइसीसी ग्लोलब, यसका सेवाहरुलगायतका विषयमा केन्द्रीत रहेर गरेको कुराकानीः

एइसीसीए ग्लोबलले सतप्रतिशत भिसा सक्सेस भन्ने गरेको छ । कसरी सम्भव छ ?
पहिलो कुरा कुनै पनि भिसा हन्र्डेन्ड प्रतिशत भन्न मिल्दैंन । मानवको मृत्युबोह कुनै कुरा सतप्रशित हुन सक्दैंन । तर, हाम्रो भिसा सक्सेस ९५ प्रतिशतभन्दा माथि छ ।

यति धेरै प्रतिशत भिसा सफल हुनुको कारण के हो ?
एइसीसी ग्लोलब विगत ८ वर्षदेखि यो सेवामा लागिरहेको छ । हामी ८ वर्ष लामो समयमा विभिन्न देशहरुका लागि भिसा प्रोसेसिङ गरिरहेका छौं । वल्र्डवाइड अप्रेशन र त्यसमा हासिल गरेको विशेषज्ञताको आधारमा हामीले यो सफलता हात पारेका हौं । त्यो बाहेक हामीले दिएको उत्कृष्ट सर्विस पनि कारण हो ।

जसरी हामीले विद्यार्थीहरुलाई काउन्सिलिङ गर्छौ । भिसा सर्विसेज दिन्छौं । विद्यार्थीमा आइएल्ट्स, उसका सर्कमस्टयान्सेजहरुबाट हामीले भिसा डेस्टिनीहरु निर्धारण गर्छौ । उनीहरुको कुन देशमा, के का लागि भिसा प्रोसेस गर्दा उपयुक्त हुन्छ त्यसबारेमा उचित सुझावहरु दिन्छौं । अर्थात हामी स्टुडेन्टको प्रोफाइल बुझ्छौं । एकडेमिकले मात्र हुँदैंन्, उनीहरुको फाइनान्सियल सर्कमस्टेन्सेजले मात्र हुँदैन्, आइएलटिएसले मात्र हुँदैन्, पहिलेका भिसाहरुले मात्र पनि हुँदैंन । ओभरअल प्रोफाइलका आधारमा मात्र हामीले कुन देशका लागि भिसा आवेदन दिने भन्ने सुझाव दिन्छौं । त्यसपछि मात्र भिसा प्रक्रिया अगाडि बढाउँछौं ।

कुन—कुन देशका लागि भिसा प्रोसेसिङ गर्नुहुन्छ ?
अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका र क्यानडाका लागि भिसा प्रोसेसिङ गर्छौ । हामी विश्वका विभिन्न लोकेशनबाट अप्रेसनमा छौं । हाम्रो हेक्डक्वार्टर मेलबर्न हो । हामी सिड्नी र ब्रिसबेनबाट पनि अप्रेशनमा छौं । यसबाहेक भारत, नेपाल फिलिपिन्स, ग्रीसबाट पनि हामीले सेवा दिइरहेका छौं । निकट भविष्यमा हामी भियतनाम र चीनबाट समेत सेवा दिन खोजिरहेका छौं ।

अष्ट्रेलियाले हालै स्ट्रीमलाइनलाई विस्थापन सिम्पलिफाइड स्टुडेण्ट भिसा फ्रेमवर्क (एसएसभीएफ) ल्यायो । यसले के विद्यार्थीहरुलाई सहज भएको हो ?
सजिलो त नभनौं । तर, एसएसभीएफ अष्ट्रेलियन सरकारले नयाँ भिसा नियम ल्याएको छ । अष्ट्रेलियाले आफ्ना ग्राहक र त्यहाँ पढ्न आउने विद्यार्थीलाई कुनै—कुनै तरिकाले आकर्षण गरेको हुन्छ । तर, उसको बटमलाइनमा कुनै फेरबदल भएको हुँदैंन । उसको भिसाको बटमलाइन भनेको जेनयुन टेम्पोररी इन्ट्यान्ट (जीटीई) हो । जेनयुन विद्यार्थीलाई मात्र भिसा दिने कुरामा खासै परिवर्तन गरेको छैन । तर, एसएसभीएफमा यदि विद्यार्थी जेनयुन छ भने त्यस्ता विद्यार्थीहरुलाई ७५ प्रतिशत एक महिनाभित्रै भिसा दिने कुरा गरेको छ । हामीले भिसाहरु ३ देखि ४ सातामा पनि पाइरहेका छौं । केही केशहरुमा ढिलो पनि हुन्छ । तर, अधिकांश ४ देखि ६ हप्तामा भिसा डिसिजनहरु भइसक्छ ।

पछिल्लो नियमअनुसार इमिग्रेशनले लचिलो भएर युनिभर्सिटीहरुलाई बढी अधिकार दिएको सुनिन्छ नि ?
जीटीई (जेनयुन टेम्पोररी इन्टेन्ट) पूरा गर्ने लाई मात्रै युनिभर्सिटी र कलेजहरुले अफर लेटर दिइरहेको छ । यदि विद्यार्थीले जीटीई पूरा गरेको छ भने अफर लेटरमात्र होइन्, कन्फर्मेशन युनिभर्सिटीका आफ्ना रुलअनुसार चेक गरेपछि सिई गर्छ । केही युनिभर्सिटीले अन्तर्वार्ता र केहीले फाइनान्सियल डकुमेण्ट हेरेर सिओइ (कन्फर्मेशन इन्रोलमेन्ट एप्रुभल) दिन्छ र स्टुडेन्टले टयुशन फि पठाएपछि सिओइ पाउने र त्यसपछि डकुमेण्टका आधारमा भिसा अप्लाइ गर्ने गरिन्छ ।


अष्ट्रेलिया जानका लागि कुन विषय बढी उपयुक्त छन् ?

आधारभूत रुपमा एकिनका साथ त भन्न मिल्दैंन । तर पनि सबैभन्दा धेरै जाने एकाउन्टिङ, नर्सिङ, इनिजनियरिङजस्ता विषयमा बढी गइरहेका छन् । खासगरी, विजनेश र कमर्सका विद्यार्थीहरु धेरै जाने गरेका छन् । म यो फिल्डमा लागेको १६ वर्ष भयो । यो अवधिमा मैले यही ट्रेन्ड देखेको छु । सबभन्दा धेरै विजनेश एकाउटिङ, त्यसपछि आइटी इन्जिनियरिड विषयमा सबैभन्दा धेरै विद्यार्थीहरु अष्ट्रेलिया गइरहेका छन् ।

अष्ट्रेलियामा विद्यार्थी भिसा अप्लाई गर्दा त्यसको मापदण्ड के के हुनुपर्छ ?
सबभन्दा महत्वपूर्ण कुरा विद्यार्थीको प्रोफाइल हो । हामीले प्रोफाइल एनालाइसिसमा सबैभन्दा धेरै विश्वास गर्छौ । हामी सबै विद्यार्थीहरुका लागि भिसा आवेदन गर्दैनौं । प्रोफाइल एनालाइसिस भन्नुको मतलब हो उसको एकेडेमीक, विद्यमान अवस्थामा उनी के गरिहेका छन्, उनको भाषा कस्तो हो । जस्तो आइएल्ट, टोफल जिआर त्यो हेर्छौ । एकेडेमिक कति प्रतिशत मार्क छ ? एकेडेमीक ग्याप छ कि छैन ? पूरानो भिसा स्टाटस के छ ? यसबाहेक स्टुडेण्ड कहाँ जान खोजेको र के गर्न खोजेको छ त्यसको ओभरअल मोटिभेसन पनि हेर्छौ । हामी ओभरअल प्रोफाइल एनालाइसिस गरेपछि मात्र भर्ना लिन्छौं । हामीलाई जेनयुन स्टुडेण्ड चाहिएको छ त्यसैले सबैलाई भर्ना लिदैनौं ।

स्टुडेण्ड, अभिभावक र हाम्रो कम्पनीको जुन छवि छ त्यसलाई प्रोटेक्ट गर्नका लागि हामी सबै कुरा हेरेर मात्र एडमिसन गर्छौ । त्यसपछि मात्र भिसा प्रक्रिया अगाडि बढाउँछौं ।

अष्ट्रेलियामा अध्ययनका लागि कति पैसा खर्चिनुपर्छ ?
त्यसमा पनि स्टुण्डेन्टको कोर्स, उसको ग्याप र ओभरअल प्रोरफाइलले काम गर्छ ।

अनुमाति रुपमा कति खर्च लाग्छ ?
अष्ट्रेलियामा १६ हजार अष्ट्रेलियन डलरदेखि ३८ हजार डलरसम्म फि छ । तर, खर्च स्टुडेण्डको बजेट के छ, एकेडेमिक के छ, इङ्लिस प्रोफेसेन्सी के छ र कुन कलेज र युनिभर्सिटीमा एडमिसन गर्ने क्षमता राख्छन् त्यही आधारमा तय हुन्छ । मोटामोटी अनुमानित विद्यार्थीले नेपाली १२ लाखदेखि ३६ लाखसम्म टयुशन फिमा भर्ना गर्न पाउँछन् । त्यो पनि यदि एकेडेमिकल्ली क्वालिफाइ र जेनयुन छन् भने ।

यसबाहेक डिपेन्डेन्टमा जानेहरुका लागि के अावश्यक पर्छ ?
डिपेन्डेन्ट भिसामा जनरल्ली हामीले श्रीमान/श्रीमती दुवैजना बराबर एकेडेमिक छन् कि छैनन् भनेर हेर्छौै । सक्दो ब्याचलर डिग्रीबाट मात्र हामी डिपडेण्ट केस लिन्छौं । यस्तो श्रीमान पनि ब्याचलर र श्रीमती पनि ब्याचलर हुँदा भिसा लाग्ने सम्भावना धेरै उच्च हुन्छ । न्युजिल्याण्डमा स्टुण्डेन्ट भिसामा सँगै जानै पाइदैंन । पहिले स्टुडेन्ट उड्नुपर्छ, त्यसको ८÷१० महिनापछि मात्र डिपडेन्ट उडन पाउँछ । त्यसैले विद्यार्थीहरु डिपेन्डेन्टमा जान चाहेको देशको इमिग्रेशन पोलिसी पनि हेरेर मात्र भिसा अप्लाइ गर्छौ ।

एइसीसी ग्लोबलले छात्रवृत्ति खोजिदिन विद्यार्थीका लागि कत्तिको पहल गर्छ ?
डिजर्भिङ र हाइल्ली मेरिटियस स्टुडेण्टहरुले छात्रवृत्ति पाउने हो । हाइली मेरिटियस भनेको ७५ प्रतिशतभन्दा माथि अंक ल्याउने विद्यार्थीहरु हुन् । यदि युनिभर्सिटीसँग फण्ड छ, विद्यार्थी क्वालिफाइड छ भने विद्यार्थीको अफर एसेप्ट ग¥यो भने छात्रवृत्ति पाउने हो । तर, सामान्यतयाः सबै विश्वविद्यालयमा छात्रवृत्ति छैन् । एइसीसीसँग धेरै राम्रा विश्वविद्यालयहरु छन् । मेहनेती र जेहेन्दार विद्यार्थी जोसँग ७५ प्रतिशतभन्दा माथि छ (केहीले ७० प्रतिशतमा पनि छात्रवृत्ति दिइरहेका छन्) अन्डरग्राजुयट र माष्टर्समा त्यस्ता विद्यार्थीलाई छात्रवृत्ति दिलाउन सक्छौं ।


अष्ट्रेलियामा कति युनिभर्सिटीसँग काम गर्दै हुनुहुन्छ ?
हामी मोटामोटी २६ देखि २८ युनिभर्सिटीसँग काम गर्छौ । अष्ट्रेलियामा ४३ युनिभर्सिटी छन् । हामीले काम गर्ने २६ देखि २८ युनिभर्सिटीमध्ये ८ देखि १० युनिभर्सिटीमा स्कलरसीपमा विद्यार्थीलाई सघाउ पु¥याइरहेका छन् । यदि स्टुडेण्ड डिजर्भिङ र क्वालिफाइड छ भने स्कलरसीप दिलाइरहेका छौं । हाम्रा कतिपय विद्यार्थीहरुले ५० प्रतिशतदेखि १०० प्रतिशत स्कलरसीप पाएर अष्ट्रेलिया गएका छन् ।

एइसीसी ग्लोबलले भिसा प्रोसेसिङबाहेक अरु के—के काम गरिरहेको छ ?
हामी अष्ट्रेलियन कम्पनी हौ, त्यसैले बजारमा अष्ट्रेलियामा पठाउने जुन होड देखिएको छ, त्यसमा हामी छैनौ । हामीले अष्ट्रेलिया भिसा प्रोसेस के हो ? के डकुमेण्ट चाहिन्छ? के सपोटिङ डकुमेण्ट चाहिन्छ ? यसबाहेक अष्ट्रेलियन युनिभर्सिटीसँग मिलेर विभिन्न कार्यक्रमहरु गर्छौ । वर्षमा २ देखि ३ मुख्य इभेन्ट गर्छौ जहाँ अष्ट्रेलिया, त्यहाँको शिक्षा, भर्ना पाउने अवस्थाबारे विद्यार्थी र अभिभावकले चाहेको जानकारी युनिभर्सिटीका प्रतिनिधीबाटै लिन सक्छन् । हामीले यस्ता विभिन्न गतिविधी गरिरहेका हुन्छौं ।

 

Loading...

 

 

 

धेरै पढिएका समाचार