19 Oct 2017 | बिहीबार, २ कार्तिक, २०७४

logo
CEDEP
सोमबार, २६ भदौ, २०७४

टीआईएको विजयी सुरुआत

काठमाडौं—ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) ले दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा टीआईएले डिफेन्डिङ च्याम्पियन विद्या संस्कारलाई ४–१ गोलले पराजित ग¥यो ।


विजयी टिमका लागि पाल्साङ तामाङले २ तथा सुबोध लामिछाने र श्रृजन लामाले १–१ गोल गरे । विद्या संस्कारका अथवा कोइरालाले सान्त्वना गोल गरे । अन्य खेलमा सिद्धार्थ बनस्थली र जोसेफले जितका साथ यात्रा प्रारम्भ गरे । सिद्धार्थले आयोजक एपेक्स लाइफ स्कुललाई ५–१ गोलले हरायो । सिद्धार्थको जितमा अञ्जन मगरले २ तथा आकाश राई, कृश थापा र सुरज श्रेष्ठले १–१ गोल योगदान गरे । एपेक्सका रेवत भट्टले १ गोल फर्काए ।


जोसेफले आईडियल इङलिस स्कुललाई ७–० को फराकिलो गोलअन्तरले पन्छायो । जोसेफका अशिम मोक्तानले ४ तथा रोशनले ३ गोल गरे ।


प्रतियोगिताको एपेक्सका भाइस प्रिन्सिपल हरि दाहालले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । साताव्यापी प्रतियोगितामा १३ टिम सहभागी छन् ।

Loading...

  

 

 

धेरै पढिएका समाचार