17 Dec 2017 | आइतबार, २ पुष, २०७४

logo
CEDEP
सोमबार, २६ भदौ, २०७४

ब्रिटिस स्कुल र प्रिमियरलाई उपाधि


काठमाडौं—ग्रासरुट फुटबल एकेडेमीको आयोजनामा सञ्चालित तेश्रो जीएफए प्यारेन्टकप अन्तरविद्यालय फुटसल च्याम्पियनसीपमा ब्रिटिस स्कुल र प्रीमीयर इन्टरनेसनल आइबी वल्र्ड स्कुलले उपाधि जितेका छन् ।

यु–१३ समुहको उपाधि जित्ने क्रममा प्रिमियरले फाइनलमा रोजबड स्कुललाई १–० ले पराजित ग¥यो । यसैगरी, यु–१० को फाइनलमा ब्रीटीस स्कुलले रातो बंगला स्कुललाई ३–२ ले पराजित ग¥यो । यु–१३ स्पर्धामा रोजबडका जेनिस सुबेदी उत्कृष्ट खेलाडी घोषित भए भने प्रीमीयरका समिर भट्ट शिर्ष गोलकर्ता भए । विजयी टोलीका हरि बहादुर तामाङ उत्कृष्ट प्रशिक्षक चयन भए ।

प्रीमीयरका सुजल बज्राचार्य उत्कृष्ट गोलरक्षक भए । यसैगरी, रातो बंगलाबीले फेयर प्ले अवार्ड पायो ।


यु–१० समुहमा ब्रीटीस स्कुलका तासी छिरिङ उत्कृष्ट खेलाडी भए भने सोही स्कुलका श्रेष्ण बसेत शिर्ष गोलकर्ता तथा महायांग बस्नेत उत्कृष्ट गोलरक्षक भए । मिल्सबेरी स्कुलले फेयर प्ले अवार्ड पायो । उपाधि विजेता टोलीका रमेस ज्ञवाली उत्कृष्ट प्रशिक्षक चयन भए । रातो बंगलाका प्रसान्त मानन्धर र काष्ठमण्डपका प्रसान्त लीम्बु राइजिङ प्लेयर घोषित भए ।


विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी कल्याण बहादुर बस्नेत सहित राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का ,राष्ट्रिय टोलीका फरवार्ड भरत खवास, सास्द विराज विष्ट, अभिभिावक ममता लीम्बु र ट्याप श्रेष्ठले पुरस्कार प्रदान गरे ।

Loading...

 

  

 

 

धेरै पढिएका समाचार