17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
बुधबार, २७ भदौ, २०७५

स्पाङगेल र अल्वर्ट क्वाटरफाइनलमा

स्पाङगेल र अल्वर्ट क्वाटरफाइनलमा

काठमाडाैं-स्पाङगेल र अल्वर्ट नवौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्पाङगेलले भद्रघले शिक्षा सदनलाई ८–२ ले पराजित ग¥यो । स्पाङगेलकी आस्था लामाले ५ अंक जोडिन् । अल्वर्टले काठमाडौं इङलिस स्कुल (केईएस) लाई ११–६ ले हरायो । अल्वर्टकी सलिना गडौलीले ८ स्कोर गरिन् ।

गल्र्समै विज किड्सले न्यु डनबस्कोलाई १३–४, एआईएले केईएसलाई १३–४ र लिटिल फ्लावरलाई २१–९ तथा काठमाडौं जेभियरले भद्रघलेलाई १०–३ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । इन्द्रघनुषले न्यु डनबस्कोलाई ११–३ ले निराश पा¥यो ।

प्याब्सन मध्य क्षेत्रीय कमिटीद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा एआईए र हेम्स प्रिक्वाटरफाइनलमा प्रवेश गरे ।

अनामनगरस्थित एसियन पब्लिक स्कुलमा भइरहेको प्रतियोगितामा एआईएले अक्सिडेन्टललाई २४–१७ ले पाखा लगायो । एआईएका गौरव वेल्बासेले १० अंक जोडे । कौशल शर्माको १७ अंक सहयोगमा हेम्सले एसियनमाथि ४१–३१ को जित दर्ता ग¥यो ।

प्रतियोगिताको काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । प्रतियोगिताको ब्वाइजमा २४ र गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेको आयोजक कमिटीका अध्यक्ष गगनसिंह ऐरले जनाएका छन् । फाइनल शनिबार हुनेछ ।

Loading...

 

 

 

 

धेरै पढिएका समाचार