17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
बुधबार, २७ भदौ, २०७५

माउन्ट ग्लोरीलाई उपाधि

माउन्ट ग्लोरीलाई उपाधि

काठमाडाैं-माउन्ट ग्लोरीले प्रथम अन्तरविद्यालय वडा स्तरीय फाइभ ए साइड छात्र फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

टोखा नगरपालिका वडा नं. ८ र पारामाउन्ट एकेडेमीको संयुक्त आयोजनामा बानियाँटारमा भएको फाइनलमा माउन्ट ग्लोरीले काभ्यालाई ६–३ गोलले पराजित ग¥यो । माउन्ट ग्लोरीका चन्दन दास र आयुश घलानले ह्याट्रिक गरे । चन्दन उत्कृष्ट फरवार्ड पनि चुनिए ।

पारामाउन्ट एकेडेमीका अनिश तामाङ उदीयमान खेलाडी घोषित भए भने गोलरक्षकमा काभ्याका मन्जिल श्रेष्ठ र डिफेन्समा हिमालयनका रितेश शेरचन उत्कृष्ट ठहरिए ।

विजेतालाई आयोजक वडा ८ का अध्यक्ष केशवबहादुर खत्री, पारामाउन्टका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए ।

Loading...

 

 

 

 

धेरै पढिएका समाचार