17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
बुधबार, २७ भदौ, २०७५

पुष्पसदन र रिलायन्स च्याम्पियन

पुष्पसदन र रिलायन्स च्याम्पियन


काठमाडौं-पुष्पसदन र रिलायन्सले २५ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबल उपाधि मंगलबार जितेका छन् । पुष्पसदन ब्वाइज र रिलायन्स गर्ल्समा च्याम्पियन बने ।

ज्ञानोदय बाल वाटिका स्कुलद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा पुष्पसदनले श्रीदिवालाई ५७–३६ ले पराजित ग¥यो । पुष्पसदनको जितमा सन्जिव बोहराले २१ अंक योगदान गरे । श्रीदिवाका सञ्जय नेपालीले २३ स्कोर गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।

खोकनामा भएको गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन रिलायन्सले इनोभेटिभलाई ३४–२० ले हराउदै उपाधि रक्षा ग¥यो । रिलायन्सकी कविता श्रेष्ठले १३ स्कोर गरिन् । इनोभेटिभकी समन्ता थापाले १४ अंक जोडिन् ।

ब्वाइजमा पुष्पसदनका निशान महर्जन तथा गल्र्समा रिलायन्सकी आरती राउत ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । विजेतालाई ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले एक कार्यक्रमबीच पुरस्कृत गरिन् ।

भदौ २० गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १२ र गल्र्समा ९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । कार्निभलअन्तर्गत जुनियर ब्वाइज फुटबल पछि हुनेछ ।

Loading...

 

 

 

 

धेरै पढिएका समाचार