17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
बिहीबार, २८ भदौ, २०७५

एसियन पब्लिक सेमिफाइनलमा

एसियन पब्लिक सेमिफाइनलमा

काठमाडाैं-एसियन पब्लिक स्कुल नवौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । एसियनसंगै एआईए, चाँदबाग र हेम्स पनि सेमिफाइनलमा पुगे ।

एसियनले अल्बर्टलाई १८–१४ ले पराजित ग¥यो । एसियनको जितमा आकृति थापाले ७ अंक योगदान गरिन् । शीतल क्षेत्रीको ८ अंक सहयोगमा एआईएले काठमाडौं जेभियरलाई १५–११ ले हरायो । चाँदबागले विज किड्समाथि २५–९ को जित निकाल्यो । विजेताकी अदिती गुरुङले १० स्कोर गरिन् । हेम्सले साबमाथि २५–२४ को कठिन जित दर्ता ग¥यो । हेम्सकी सुनीता सुनुवारले १९ अंक जोडिन् ।

ब्वाइजमा काठमाडौं जेभियर, अल्बर्ट, हेम्स र मार्टियर्सले सेमिफाइनल यात्रा तय गरे । काठमाडौं जेभियरले विज किड्सको चुनौती ५२–३७ ले समाप्त पा¥यो । विजयी टिमका लागि सन्जिव मगरले २९ अंक जोडे । अल्बर्टले स्पाङगेललाई ५१–४४ ले निराश पा¥यो । अल्बर्टका सरोज कार्कीले ३९ अंक जोडे ।

हेम्सले एआईको यात्रा ४१–२९ ले पूर्णविराम लगायो । हेम्सका कौशल शर्माले १५ स्कोर गरे । केइएस विरुद्धको खेलमा मार्टियर्स ३६–३२ ले विजयी भयो । मार्टियर्सका आदर्श बस्नेतले १६ अंक जोडे ।

Loading...

 

 

 

 

धेरै पढिएका समाचार