17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
सोमबार, ८ असोज, २०७५

होप भ्याली र रातो बंगलालाई ओसिस कप

होप भ्याली र रातो बंगलालाई ओसिस कप

काठमाडाैं- होप भ्याली र रातो बंगलाले प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।

ढोलाहिटीस्थित आयोजक ओसिस इङलिस स्कुलको कोर्टमा भएको प्रतिस्पर्धात्मक ब्वाइज फाइनलमा होप भ्यालीले विल्सन एकेडेमीलाई ५३–५० को साँघुरो अन्तरले पराजित ग¥यो । होप भ्यालीको जितमा सिजन महतले २२ अंक योगदान गरे ।

तेश्रो क्वाटरको समाप्तिसम्म ३४–४२ ले पछि परेको स्थितिलाई उल्ट्याउदै होप भ्याली उपाधि जित्न सफल भएको थियो । होप भ्याली पहिलो क्वाटरमा १३–२० र दोश्रोमा १०–१६ ले पछाडि परेको थियो । तेश्रो क्वाटरमा अग्रता लिएको होप भ्यालीले ११–६ को प्रदर्शन ग¥यो । अन्तिम तथा चौथो क्वाटरमा १९–८ को अग्रता बनाउदै होप भ्यालीले उपाधि सुनिश्चित ग¥यो ।

गल्र्सको थ्री अन थ्री उपाधि भिडन्तमा रातो बंगलाले एलआरआईलाई १५–४ ले हरायो । रातो बंगलाकी श्रेयाशी राणाले सर्वाधिक १० अंक जोडिन् । त्यस्तै आश्था रिजालले ४ तथा टीसा मानन्धरले १ अंक थपे ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सिजन र श्रेयाशी आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा उपविजेता विल्सनका पेम्बा शेर्पा र गल्र्समा पनि उपविजेता एलआरआईकै सोनिया राणा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर पेम्बाले ९६ तथा सोनियाले १५ स्कोर गरे । ब्वाइजमा एरिस एकेडेमी र गल्र्समा ग्रामरले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई लेखक एवं समाजसेवी सुवर्णराम जोशी, ओसिसकी संस्थापिका जानुका लिम्बू र ओसिसकी भाइस प्रिन्सिपल युन्छो लिम्बूले एक कार्यक्रमबीच पुरस्कृत गरे । असोज १ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १६ र गल्र्समा १२ गरी २८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Loading...

 

 

 

 

धेरै पढिएका समाचार