17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
बुधबार, २४ असोज, २०७५

पिस प्वाइन्ट सेमिफाइनलमा

पिस प्वाइन्ट सेमिफाइनलमा


काठमाडौं-पिस प्वाइन्ट अन्तरविद्यालय टिचर्स फाइभ ए साइड फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएन नेपाल (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा पिस प्वाइन्टले एजीएमलाई १–० गोलले पराजित ग¥यो । पुकार थापाले निर्णायक गोल गरे । त्यसअघि पिस प्वाइन्टले ग्लोबललाई ३–२ तथा एजीएमले एकलब्यलाई ३–० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

काँडाघारीस्थित अर्किड स्कुलमा भएको प्रतियोगितामा माउन्ट ओलिभले एप्पललाई १–०, एक्मीले दर्शनालाई १–०, पाडिनीले अर्किडलाई ४–२, करियरले सनसाइनलाई २–०, भीमेश्वरले ग्लेसियरलाई ३–२ (पेनाल्टी) र केभीएसले विद्या दर्शनलाई १–० ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का अध्यक्ष कुन्दन खड्का र काठमाडौं एन प्याब्सनका अध्यक्ष विष्णु पराजुलीले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । नकआउट प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजक कमिटीका कोषाध्यक्ष प्रेमकुमार भुजेलले जनाएका छन् । फाइनल बुधबार हुनेछ ।

Loading...

 

 

 

 

धेरै पढिएका समाचार