02 Oct 2020 | शुक्रबार, १६ असोज, २०७७

logo
KCCS
आइतबार, १९ आषाढ, २०७३

एसएलसी पास गरेका विद्यार्थीलाई नायिका केकी अधिकारीका ८ सुझाव

एसएलसी पास गरेका विद्यार्थीलाई नायिका केकी अधिकारीका ८ सुझाव

नायिका केकी अधिकारी कुनै समय डाक्टर बन्न चाहन्थिन्, त्यसैले उनले ह्वाइट हाउस कलेजमा प्लस टुमा विज्ञान पढिन् । तर, उनको त्यसपछिको छनोट डाक्टर होइन्, कलाकारिता बन्यो ।

त्यसैले त यी सुन्दरी नायिका अहिले चर्चित नायिका रुपमा चिनिएकी छिन् । उनको स्टारडम पनि गज्जबको छ । केकी त्यस्ती नायिका हुन्, जसले अभिनयसँगै अध्ययनलाई पनि निरन्तर अगाडि बढाइन । उनले एमबीएसम्मको अध्ययन पूरा गरेकी छिन् ।

क्लाकारिता जस्तै पढाइमा पनि तीक्ष्ण केकीले एसएलसी पास गरेकाहरुलाई एजुकेशन समाचारमार्फत ८ बुँदामा यसरी सुझाव दिएकी छन् ।

१.जुन विषय पढेपनि त्यसमा दत्तचित्त भएर पढ्नुहोस् ।

२.इन्ट्रान्स क्लास पैसा कमाउने मेलोमात्र जस्तो लाग्छ । त्यसकारण कलेज भर्नाअघि इन्ट्रान्स क्लास पढ्न सुझाव दिन्न ।

३.कलेज चयन गर्दा अरुको लहैलहैमा नगर्नुहोस् ।

४.कुन कलेज भर्ना गर्ने हो त्यसको भौतिक संरचनाभन्दा पनि शैक्षिक गुणस्तरमा ध्यान दिनुहोस् ।

५.सो कलेजका पूर्व विद्यार्थीहरुसँग कलेजको पढाई,सुविधा लगायतका विषयमा जानकारी लिनुहोस्

६.कुन संकाय अध्ययन गर्ने अरुको देखासेखी र परिवारको दबाबमा निर्णय नगर्नुहोस् ।

७.आफुलाई रुची भएको विषय मात्र पढ्नुहोस् ।

८.कोर्स बुक मात्र पढेर जान्ने भइँदैन, बाहिरी पुस्तकहरु पनि पढ्नुहोस् ।

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार