17 Dec 2017 | आइतबार, २ पुष, २०७४

logo
CEDEP
बुधबार, २ चैत, २०७३

युवा ब्यवसायी निभेन, जसले १०० बढीलाई रोजगारी दिएका छन्

युवा ब्यवसायी निभेन, जसले १०० बढीलाई रोजगारी दिएका छन्

निभेन अमात्य, सञ्चालक, बोता

नेपाली बजारमा म:मका लागि चर्चित रेस्टुराँ हो—बोता सिम्पली मोमो । कमल पोखरी, अनामनगर, कुमारीपाटीमा शाखा विस्तार गर्न सफल बोताको अर्को शाखा महाराजगञ्जमा पनि छ—बेरी एण्ड डेरी । साढे २ वर्षअघि सेल्सवेज सुपरमार्केटभित्र खोलिएको हो—बेरी एण्ड डेरी । बोता जत्तिकै चर्चित छ, यो पनि त्यतिकै । आठ महिनाभित्र तीन वटा आउटलेट खोल्न सफल बोताले कसरी यति छिट्टै बजार विस्तार गर्न सफल भयो ?

‘मेन कुरा इम्पिलमेन्टेसन हो,’ बोताका सञ्चालक निभेन अमात्यले आफ्नो भाषामा हल्का अंग्रेजी घुसाउँदै बोले, ‘रिस्क जे मा पनि हुन्छ । कि चुप लागेर बस्नुप¥यो । कि पुस गर्नुप¥यो ।’ उनले आफूलाई पुस गरे ।

रेस्टुराँमा छिरेपछि धेरैले सोध्ने प्रश्न हो— ‘मःम पाउँछ ?’
‘कतिबेर लाग्छ ?’

यिनै प्रश्नहरुलाई सम्बोधन गर्दै निभेनले बोताको नारा बनाए, ‘छिटो, मीठो र सस्तो’ । यो उनको नारा नै हो । यो नै उनको ‘युएसपी’ बन्यो । यसमा कुनै एज, बार छैन । सबैले उनको मेनु रुचाएका छन् । बोताले सबै उमेर समुह, वर्ग, आर्थिक हैसियत भएकाहरुलाई चित्त बुझाएको छ । बोताको मेनुमा पोर्क छोयला, चिकेन छोयला, पनिर चिल्ली, पोर्क मम, तारेको माछा, बारा सबै परिकारहरु उपलब्ध छन् । बिहान ११ बजे खुल्ने बोताका हरेक शाखाहरु अबेर राती ९ बजेसम्म खुल्लै हुन्छन् ।

नेवारी भाषामा सालका पातको टपरीलाई बोता भनिन्छ । बिहे भोज भतेरमा यसको खुब प्रयोग हुन्छ । तराईमा पाइने सालको पातबाट बनाइने यो टपरीलाई अंग्रेजीमा ‘सोरिया रोबस्ता’ भनिन्छ । अनामनरमा बोताको तेस्रो आउटलेट खोल्नुअघि गफिएका निभेन सुनाउँदै थिए, ‘गेस्ट भनेका भगवान हुन् । भगवानलाई चढाउ“दा मान सम्मान दिएर चढाउने चलन छ । हाम्रा भगवान भनेका ग्राहकहरु नै हुन् ।’

सबै शाखाहरु गरेर एक सय जनालाई रोजगारी दिलाउन सफल बोतालाई यो स्थानसम्म ल्याउने युवा हुन्, निभेन अमात्य । बोताका लगानीकर्ता निभेनकै शैक्षिक पृष्ठभुमी, काम, अनुभबबारे खोतल्ने प्रयास गरिएको छ ।

निभेनले डेढ वर्ष नेपाली स्कुल पढे । रुपिज इन्टरनेशनल स्कुलबाट किन्डर गार्डेन तहको शिक्षा लिएका निभेनले बृहस्पति विद्या सदनमा कक्षा १ पढे । २ देखि ९ सम्म लिंकन स्कुल पढेका उनी यसपछि स्वीट्जरल्याण्ड पुगे । ‘साथीले जाउँ भनेपछि म विदेश पुगें,’ उनले त्यो पल सम्झिए, ‘त्यहाँको कलेज डुलेमनमा एक वर्ष पढियो ।’ युरोप बसाइँमा उनले जर्मनी, अस्ट्रिया, फ्रान्स, घुमे । त्यहाको पढाइ सकेपछि नेपाल फिरेका उनले फेरी लिंकनमै प्लस टु तहको पढाइ पूरा गरे । नेपाली शिक्षा भने घोकाउने, भारी बोकाउने कुरामा बढी जोड दिन्छ ।

लिंकनमा नेपाली एसिस्टेन्टहरु भएपनि पढाइ भने अमेरिकन शैलीमै हुन्थ्यो । पढाउने शिक्षकहरु पनि अमेरिकनहरु नै थिए । उनीहरु फिल्डवर्क र प्राक्टिकलमा बढी ध्यान दिन्थे । यहा प्राय विदेसीहरुकै सन्तानहरु अध्ययन गर्थे । नेपालीहरु कमै भेटिन्थे ।

थप शिक्षा अध्ययनका लागी निभेनले पखेटा फिजाए । इन्टरनेशनल बिजनेस स्टडिज अध्ययन गर्न उनी अमेरिका हानिए । डेनभरस्थित युनिभर्सिटी अफ कोलोराडो उनले आफ्नै खर्चमा अध्ययन गरे । दुई वर्ष अमेरिकामा अध्ययन गरेपछि अमेरिकामै उनको मन अडिएन । उनी बेलायत पुगे । युकेको अमेरिकन इन्टर कन्टिनेन्टल युनिभर्सिटी अफ लण्डनबाट त्यही कोर्स (बिज्नेस स्टडिज) को निरन्तरता दिए । देश फरक भएपनि उनले अमेरिकन प्रणालीमै अध्ययन गरे ।

‘मेरो दाइ युकेमै हुनुहुन्थ्यो,’ कमलपोखरीस्थित बोतामा भेटिएका निभेनले सुनाए, ‘लण्डन रमाइलो हुन्छ कि भनेर छानेको थिए“ । डेन्भर शान्त ठाउँ थियो । सेन्टल लण्डनमा अबस्थित यो ठाउँ विकास र प्रगतिका हिसाबले धेरै अगाडी भएपनि करिब–करिब नेपालकै झ–झल्को दिन्थ्यो । सानो ठाउँ, साना बाटाहरु, नेपाली, भारतीय मिश्रित समुदायको बसोबास रहेको ठाउँ ।’

निभेनलाई स्कुल पढ्दैखेरी ‘बिजनेस म्यान’ बन्छु भन्ने लाग्थ्यो । उनको पारिवारिक माहोल पनि त्यस्तै थियो । बुबाले माउन्ट एभरेस्ट बु्रअरी प्रा.ली. खोलेका थिए । उनको प्रेरणाका स्रोत पनि बुबा दमनबहादुर नै हुन् । निभेनलाई पहिल्यैदेखी हस्पिटालिटी र रेस्टुराँ लाइन मन पथ्र्यो । विदेशमा रहँदा म्याक्डोनाल्ड, केएफसी, बर्गर किङ देख्दा उनलाई लाग्थ्यो– मैले पनि त्यस्तै कम्पनी सुरु गर्न पाए । नेपालमा कुन ब्राण्ड बढी चल्छ होला भन्ने उनको मनमा लागि रहन्थ्यो । केही त पक्कै फरक गर्नुपर्छ भन्ने उनको मनमा चलिरहन्थ्यो ।

सिंगापुरका एक युवाले राष्ट्रिय खानामा चेन ब्यापार सुरु गरे । छोटो समयमा ति युवा मिलिनियर बन्न पुगे । ‘म उनको कथाबाट पनि प्रभाबित छु,’ निभेनले सुनाए, ‘उनीबाट मलाई प्रेरणा मिल्यो ।’ नेपाल फर्किएपछि सुरु गरेको उनको नयाँ अबधारणाको बोता सिम्पली मोमोः यतिबेला शहरमा आफ्नै ब्राण्ड बनिसकेको छ । बिस्तारै नेपालका शहर र त्यसपछि मुलुक बाहिर आफ्नो ब्यापार बिस्तार गर्ने सोचमा छन् उनी । सबैभन्दा ठूलो कुरा भनेको सपना देख्नु रहेछ । सपना देखेपछि बल्ल त्यो बाटो पछ्याउदै गएपछि आफूले सोचेको काम गर्न सकिन्छ । उनको अनुभबले यही भन्छ ।

केही काम सुरु गर्नुअघि निभेनले इन्टरनेटमा सर्च गर्छन् । आफ्नो रेस्टुरा“का लागी सेफ, वेटर, स्टाफहरुको छनौटमा उनले प्रशस्त समय खर्चिए । तयारी गरे । कामदार छनौट गर्दा उनले आफ्नै बेग्लै तरीका अपनाए । ‘मलाई काम गर्ने मान्छे चाहिएको होइन, राम्रो काम गर्ने चाहिन्छ । मलाई मान्छे मात्र होइन, राम्रो मान्छे चाहिन्छ ।’ यहि मान्यतालाई पछयाउँदै उनले स्टाफहरु ‘हायर’ गरे । र, बिस्तृत अध्ययनका लागी अरु धेरै रेस्टुरा“हरु चहारे । ‘कुन आइटम बिक्दो रैछ, त्यो बुझें ।’ उनले सुनाए, ‘अनि आफ्नो रेस्टुराँ सूरु गरेपछि आफूले सर्भ गर्ने खाना, सर्भिस, सजावट र हाइजिनमा ध्यान दिए ।’ नेपालमा रेस्टुरा“ सूरु गर्न सहज छैन । राम्रो सेफ, कुकहरु पाउन गा¥हो छ । उनले मुख्य भोगेको चुनौती यही हो ।

अहिले झण्डै १ सय बढी काम गर्छन्, उनको  बोताको तीन वटा आउटलेट र बेरी एण्ड डेरीमा गरी । युवावास्थमै यो ब्यवसायिक सफलता हासिल गरेका उनी यसलाई फास्ट फुड चेनका रुपमा विकास गर्न चाहन्छन् ।

निभेनलाई नेपाली परिकार दाल, भात मनपर्छ । मम त उनको फेबरेट् नै हो । उनलाई एक्सन, हरर, कमेडी, लभ स्टोरीमा आधारित फिल्महरु म्नपर्छन् । सेन्टिमेन्टल गीतहरु सुन्न रुचाउने उनका प्रिय कलाकार हुन्, नबिन के भट्टराई र सुगम पोखरेल । नेपालमा सबैभन्दा ठूलो फास्टफुड् रेस्टुरा खोल्ने सपना पालेको उनी ‘जब सिकर’ हैन, ‘जब मेकर’ बन्ने लक्ष्यमा अघि बढिरहेका छन् ।

‘आफूले आफैलाई विश्वास गर्नुप¥यो । आफ्नो तरिका, विचारलाई पछ्याउनुपर्छ,’ ह“सिलो मुहार लगाउ“दै उनले भने, ‘ठूलो परिवारको हुनैपर्छ भन्ने छैन ।’ उनको अनुभवले भन्छ— जीवनमा केही सिक्न कोर्सको किताबले मात्र पर्याप्त छैन । आफ्नो बुझाइको दायरा बढाउन कोर्स बाहिरको ज्ञान बटुल्न पनि उत्तिकै जरुरी छ । संसारका अपराधका घटनाहरु बढ्नुमा र बेरोजगारीको संख्या बृद्धि हुनुमा शिक्षाकै कमीले हो भन्ने उनको ठम्याइ छ ।

 

 

Loading...

 

  

 

 

धेरै पढिएका समाचार