23 Nov 2019 | शनिबार, ७ मंसिर, २०७६

logo
KCCS
बिहीबार, २९ कार्तिक, २०७५

नेपाल राष्ट्र बैंकले खोल्यो १ सय १४ पोष्टका लागि जागिर

नेपाल राष्ट्र बैंकले खोल्यो १ सय १४ पोष्टका लागि जागिर

काठमाडौं—आकर्षक जागिर मानिने नेपाल राष्ट्र बैंकको जागिर गर्न चाहनेहरुका लागि अवसरको ढोका खुलेको छ । बिहीबार राष्ट्र बैंकले सहायक निर्देशकदेखि सहायक द्धितियसम्मका विभिन्न पोष्टहरुमा १ सय १४ जना जनशक्ति माग गरेको छ ।
|
राष्ट्र बैकले सहायक निर्देशक (अधिकृत तृतीय) मा २१ जना, सहायक निर्देशक (अधिकृत तृतीय) चार्टर्ड एकाउण्टेन्टमा १० जना, सहायक निर्देशक (अधिकृत तृतीय) वाणिज्य कानुनमा २ जना जनशक्ति माग गरेको छ । यस्तै, सहायक (सहायक द्धितीय)मा सर्वाधिक ६८ जना जनशक्ति माग गरेको छ भने सहायक (सहायक द्धितिय) सूचना प्रविधीमा १३ जना माग गरेको छ ।

आवेदन अनलाइनबाट भर्न सकिने ब्यवस्था राष्ट्र बैकले गरेको छ । आरबीबी मोबाइल बैकिङ, फोनपे र इसेवाबाट आवेदन दस्तर तिर्न सकिने ब्यवस्था गरिएको छ भने मंसिर १९ सम्म आवेदन भर्न सकिनेछ । यस्तै, दोब्बर दस्तुर तिरेर मंसिर २६ सम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

 

 

Loading...

 

 

 

धेरै पढिएका समाचार