17 Dec 2017 | आइतबार, २ पुष, २०७४

logo
CEDEP
बुधबार, २१ भदौ, २०७४

पोखरा विश्वविद्यालयले विभिन्न विषयमा छात्रवृत्ति खोल्यो

पोखरा विश्वविद्यालयले विभिन्न विषयमा छात्रवृत्ति खोल्यो


काठमाडौं—पोखरा विश्वविद्यालयले आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा विभिन्न विषयमा छात्रवृत्ति खोलेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै पोखरा विश्वविद्यालयले छात्रवृत्ति खोलेको हो ।

विश्वविद्यालयले आंगिक क्याम्पसहरुमा स्वीकृती भर्नाको २० प्रतिशत तथा सम्बन्धन प्राप्त कलेजमा भर्ना स्वीकृती प्राप्त कोटाको १० प्रतिशत निशुल्क छात्रवृत्ति उपलब्ध गराउँदैं आएको छ । उक्त छात्रवृत्तिका लागि पोखरा विश्वविद्यालयले खुल्ला प्रतियोगिताबाट योग्यता पुगेका विद्यार्थीहरु छनोट गर्दै आएको छ ।

विश्वविद्यालयले ६० प्रतिशत खुल्ला र ४० प्रतिशशत दलित, जनजाति, दुर्गम क्षेत्र, अपांग, शहीद तथा जनआन्दोलनका घाइते र मधेशी समुदायका लागि सुरक्षित गरेको छ । छात्रवृत्तिका लागि २५ भदौबाट आवेदन फर्म वितरण हुनेछ भने २५ असोजसम्म आवेदन दिइसक्नुपर्नेछ ।

छात्रवृत्तिका लागि आवेदन शुल्क १ हजार रुपैयाँ तोकिएका छ । परीक्षा भने विज्ञान प्रविधी र स्वास्थ्य विज्ञान संकायको ७ कात्तिकमा हुनेछ भने ब्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र संकायको ८ कात्तिकमा हुनेछ ।

Loading...

 

  

 

 

धेरै पढिएका समाचार