23 Nov 2019 | शनिबार, ७ मंसिर, २०७६

logo
KCCS
मंगलबार, १७ साउन, २०७४

पूर्वाञ्चल युनिभर्सिटीले माग्यो ८ उपप्रध्यापक र १ सहप्राध्यापक

पूर्वाञ्चल युनिभर्सिटीले माग्यो ८ उपप्रध्यापक र १ सहप्राध्यापक

विराटनगर—पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायले ८ उपप्राध्यापक र १ सह—प्राध्यापकसहित ९ जनाको करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । सोमबार एक विज्ञापन प्रकाशित विभिन्न विषयमा उपप्राध्यापक माग गरेको हो ।

उसले कम्युनिटी हेल्थ नर्सिङतर्फ २ जना, मिडवाइफेरि नर्सिङतर्फ २ जना, पेडियार्टिक नर्सिङतर्फ १ जना, फिजियार्टिक नर्सिङतर्फ १ जना र क्लिनिकल फार्मेसीमा १ जना उपप्राध्याक माग गरेको हो । उपप्राध्यापकका लागि आवेदन दिन सम्बन्धित विषयमा पिएचडी गर्नुका साथै तीन वर्षको अध्यापन अनुभव भएको हुनुपर्नेछ ।

एक जना जनस्वास्थ्य उपप्राध्यापकका लागि पनि विश्वविद्यालयले आवेदन माग गरेको छ । यो पदका लागि योग्य हुन पनि पिएचडी गर्नुका साथै ३ वर्षको अनुभव गरेको हुनुपर्नेछ ।

जनस्वास्थ्यतर्फ सहप्राध्यापक पदमा पनि आवेदन माग गरिएको छ । यसमा आवेदन दिनेले लेक्चर वा उपप्राध्यापकमा रहि ५ वर्षको अध्यापन अनुभव भएको, इन्डेक्स वा नेशनल जर्नलमा कम्तिमा ४ वटा अनुसन्धान लेख प्रकाशित भएको हुनुपर्नेछ ।

उक्त पदमा आवेदन दिन चाहनेले तोकिएको दस्तुर रकम तिरी १६ साउनदेखि १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

 

हेर्नोस विज्ञापन

Loading...

 

 

 

धेरै पढिएका समाचार