28 Mar 2020 | शनिबार, १५ चैत, २०७६

logo
KCCS
बिहीबार, ६ चैत, २०७६

गाउँपालिकाको सेवा हुनु त यस्तो पो

गाउँपालिकाको सेवा हुनु त यस्तो पो

फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पु¥यादिन शुरु गरेको छ ।

यसका लागि सो गाउँपालिकाले आज विहानदेखि निः शुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पु¥याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।

कोभिड–१९को जोखिमलाई ध्यादिँदै सरकारले बुधबार साँझ आजदेखि शुरु हुने भनिएको सो परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।

फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका–५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई आज बिहानदेखि घर पु¥याउन यातायातको व्यवस्था गरिएको उहाँले बताउनुभयो । यसपटकको सो परीक्षामा देशभर कूल चार लाख ८२ हजार ७०७ विद्याथी सहभागी हुने जनाइएको थियो ।

Loading...

 

 

 

धेरै पढिएका समाचार