शिक्षा मन्त्रालयले जारी ग¥यो सिकाइ निर्देशिका
काठमाडौं—शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड—१९ का कारण प्रभावित भएको पठनपाठनलाई निरन्तरता दिन सिकाइ निर्देशिका जारी गरेको छ ।
मन्त्रालयले संक्रामक रोगका कारण अवरुद्ध रहेको विद्यालयको नियमित पठनपाठन सुरु गर्न र पाठ्यक्रम विकास केन्द्रले निर्दिष्ट गरेका सिकाइ उपलब्धि हासिल गर्नका लागि उक्त निर्देशिका जारी गरेको हो ।
उक्त निर्देशिकाले विद्यालय उमेरका बालवालिकालाई आफ्नो परिवेशअनुसार सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्नका लागि दूर तथा खुला शिक्षा लगायतका प्रणालीलाई तत्कालका लागि सिकाइ प्रणालीका रुपमा उपयोग गरी शिक्षण सिकाइ कार्यलाई निरन्तर, प्रभावकारी र व्यवस्थित गर्न उक्त निर्देशिका ल्याएको हो ।
Loading...