23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
सोमबार, २९ भदौ, २०७७

गुणस्तरीय शिक्षा बालवालिकाको नैसर्गिक अधिकार : राष्ट्रपति

गुणस्तरीय शिक्षा बालवालिकाको नैसर्गिक अधिकार : राष्ट्रपति

काठमाडौं—राष्ट्रपति विधादेवी भण्डारीले गुणस्तरी शिक्षा प्राप्त गर्न पाउनु बालवालिकाको नैसर्गिक अधिकार भएको बताएकी छन् । राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा शुभकामना सन्देश दिदैं राष्ट्रपतिले वालमैत्री शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् ।

कोरोना महाव्याधिका बेला वैकल्पिक माध्यमबाट पठनपाठन भइरहेको प्रशंसा समेत गरिन् ।

उनले विद्यालयलाई आकर्षण्क केन्द्र बनाउनका लागि संघ, प्रदेश र स्थानीय सरकारका साथै राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्था, सामुदायिक क्षेत्र, सञ्चार जगत तथा नागरिक समाजबाट पहलहरु भइरहेको उल्लेख गरेकी छन् ।

राष्ट्रपतिले सरकारले बालहिंसा विरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरेको बताउँदैं बालसंरक्षण प्रणाली सुदृढीकरण गर्दै अनाथ बालबालिकाको संरक्षकत्वको राज्यले ग्रहण गर्ने नीति लिएको उल्लेख गरेकी छन् ।

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार