17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
मंगलबार, २४ भदौ, २०७६

शैक्षिक अवस्था सुधार्न स्थानीय सरकार सक्रिय

शैक्षिक अवस्था सुधार्न स्थानीय सरकार सक्रिय

शैक्षिक अवस्था सुधार गरी समृद्ध जाजरकोट निर्माण गर्ने उद्देश्यले स्थानीय तहले शैक्षिक बहस कार्यक्रम शुरु गरेका छन् ।

विद्यालयमा विद्यार्थीको दर बढाउने र सिकाइ उपलब्धि भारी बढाउने उद्देश्यले जिल्लाको भेरी नगरपालिकाले आफ्ना माताहातका सबै विद्यालयका प्रधानाध्यापक र सरोकोरवाला निकायसँग संयुक्तरूपमा अन्तक्र्रिया गरेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाई राज्यको लगानीलाई परिणाममुखी बनाउनका लागि सबै चिन्तित हुनुपर्ने भन्दै सरोकारवाला निकायले चासो व्यक्त गर्नुपर्ने बताए । नगरपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई बैठकमा सहभागी लगाएर समस्या कहाँ र केमा छन् भनी सुन्ने र त्यसको समाधान खोज्ने कुरामा केन्द्रित रहेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।

उहाँले सबैले आफ्नो जिम्मेवारी इमान्दरिताका साथ निर्वाह गर्ने हो भने शिक्षाको गुणस्तर बढाउन सजिलो हुने बताउँदै यहाँका सबै विद्यालयलाई प्राविधिमैत्री बनाउनका लागि लगानी थप्दै जाने निर्णयसमेत भएको जानकारी दिनुभयो । “बढ्दो प्राविधि र आधुनिकतालाई मध्यनजर गरी कम्प्युटर प्राविधिबाट पढाइ शुरु गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार लगानी गरी शिक्षक दरबन्दी आवश्यकता आधारमा थपघट गर्ने नीति नगरपालिकाको छ ।”

त्यस्तै कुशे गाउँपालिकाले शैक्षिक अन्तक्र्रिया गर्दै १५ बुँदे घोषणापत्र नै सार्वजानिक गरेको छ । शिक्षा समन्वय एकाइको बजेटबाट १० र गाउँपालिकाको आर्थिक अनुदानबाट १६ गरी २६ विद्यालय भवन निर्माण गरिएको अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।

शैक्षिक क्षेत्रमा एउटा बच्चालाई गरिएको लगानीको प्रतिफल १५ वर्षपछि मात्र देखापर्ने बताउँदै उहाँले शैक्षिक क्षेत्रमा देखिएका राजनीतिक हस्तक्षेपलाई अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । शैक्षिक सुधार गर्न गाउँपालिकाले निर्माण गरेको शिक्षा ऐनले पनि सहयोग गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । गाउँपालिकाको शिक्षा तथा खेलकूद विकास शाखाका प्रमुख मानबहादुर गिरीले गाउँपालिकाभित्रको परीक्षा प्रणालीलाई सुधार गर्नुपर्ने धारणा राख्नुभयो । शैक्षिक सुधारमा ६८ प्रतिशत जिम्मेवारी शिक्षककै हातमा रहेको उल्लेख गर्दै बताउँदै प्रमुख गिरीले शैक्षिक सुधारमा ३२ प्रतिशत जिम्मेवारी सरकार र अभिभावकले पूरा गर्नुपर्ने बताउनुभयो ।

जुनिचाँदे गाउँपालिकाले पनि सबै प्रधानाध्यापकलाई एक ठाउँमा राखेर बृहत शैक्षिक अन्तक्र्रिया गरेको छ । विद्यालयमा देखिएका समस्या हल गर्न यस्तो गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । नपढाएर खाने र कामचोर जो कोही भए पनि कारवाही गरिने उहाँको भनाइ छ । यहाँका स्थानीय तहले मासिकरूपमा अब शिक्षकलाई तलब खातामै जम्मा गरिदिने निर्णयसमेत गरेका छन् ।

Loading...

 

 

 

 

धेरै पढिएका समाचार