14 Oct 2019 | सोमबार, २७ असोज, २०७६

logo
KCCS
शनिबार, ११ असोज, २०७६

जन्मदिनमा आफु पढेको विद्यालयमा अक्ष्यकोष स्थापना

जन्मदिनमा आफु पढेको विद्यालयमा अक्ष्यकोष स्थापना

धनकुटा–महालक्ष्मी नगरपालीका धनकुटाका शाखा अधिकृत खगेन्द्र नेपालले आफ्नो जन्मदिनमा आफु अध्ययान गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेर मनाएका छन् ।


महालक्ष्मीको जनता मावी जितपुरका पुर्व विद्यार्थी समेत रहेका अधिकृत नेपालले ५० हजार ५ सय ५५ रुपैयाको विद्यालयका नाममा अक्षयकोष स्थापना गरेका हुने । उनले जनता बैक जितपुर साखामा विद्यालयको नाममा खाता खोलेका छन् । कोषको रकम प्रत्येक वर्ष जन्मदीनमा बढाउदै जाने योजना रहेको नेपालले बताए ।


‘आफु अध्ययन गरेको विद्यालयमा केही गरौ भन्ने लागेर यो अक्षयकोषको सुरुवात गरेको हो ।’ अक्ष्यकोषबाट आएको आम्दामीले गरीव तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा खर्च गरीने छ । आफुले सुरु गरेको सोकाममा देश विदेशमा रहने जो कोहीले रकम जम्मा गरी विद्यालयलाइ सहयोग गर्न प्रेरीत हुने आफुले विश्वास लिएको बताए । नेपाल मदनभण्डारी फाउण्डेशन बौदिक मन्ज्ञका केन्द्रीय सदस्य समेत हुन् ।

 

Loading...

 

 

 

धेरै पढिएका समाचार