मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बेस्डरमा सागर थापा
काठमाडौं– चावहिलस्थित मनास्लु वर्ल्ड कलेजको ब्राण्ड एम्बेस्डरमा फुटबलर तथा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा नियुक्त भएका छन् । कलेजले सोमबार फुटबलर थापालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
कलेजका अध्यक्ष गेन्द्र लामा र फुटबलर थापाबीच एक वर्षका लागि सम्झौता भएको हो । मनास्लुलाई खेलकुदसँग जोड्नका लागि सागर थापालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको लामाले बताए । ‘शिक्षा र खेलकुद सँगसँगै आउने कुरा हुन्,’ उनले भने, ‘गुणस्तरीय शिक्षाका साथै खेलकुदमा पनि विद्यार्थीलाई अगाडी बढाउनका लागि थापालाई ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरिएको हो ।’
मनास्लु टीम अफ इन्टरप्रेनर प्रा.लि.द्धारा सञ्चालित उक्त कलेजमा यसवर्षबाट विज्ञान व्यवस्थापन र मानविकी संकायमा धमाधम भर्ना सुरु भैसकेको छ । लामो सयम अध्यापन क्षेत्रमा कार्यरत र विभिन्न स्कुल कलेज सञ्चालन गरी शिक्षा क्षेत्रमा राम्रो अनुभव बटुलेका प्राध्यापकहरुको नवीनतम प्रविधिमा आधारित शिक्षा दिने सोचले कलेजको स्थापना गरिएको कलेजका प्रिन्सिपल राजन श्रेष्ठ बताउँछन् ।
‘अन्य कलेजले जुन शिक्षा दिइरहेका छन्, त्उा भन्दा फरक ढंगले शिक्षा दिने हाम्रो उद्धेश्य हो,’ श्रेष्ठ भन्छन्, ‘किताबी ज्ञानभन्दा पनि विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन्छौं ।’