17 Dec 2017 | आइतबार, २ पुष, २०७४

logo
CEDEP
बिहीबार, २६ असोज, २०७४

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा दुई पूर्व सचिवलाई पछार्दै त्रिविका पूर्व रजिष्ट्रार पौडेल

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा दुई पूर्व सचिवलाई पछार्दै त्रिविका पूर्व रजिष्ट्रार पौडेल


काठमाडौं—दुई पूर्व सचिवलाई पछार्दै राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा डा. चन्द्रमणि पौडेल नियुक्त भएका छन् । २३ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयपछि राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष पौडेल त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार हुन् । उनी अध्यक्ष नियुक्त हुनुपूर्व त्रिविमा तथ्यांकशास्त्रको प्राध्यापकका रुपमा कार्यरत थिए ।

उनले आफूले नियुक्तीको खबर पाएको बताउँदैं चाडै कार्यभार सम्हाल्ने बताए । उच्च माध्यमिक शिक्षा परिषद खारेज भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन भएको थियो । तर, सरकारी उदासिनताका कारण लामो समय बितिसक्दामा पनि बोर्डले अध्यक्ष पाउन सकेको थिएन् ।

माध्यमिक शिक्षा परीक्षा प्रणाली, समन्वय र ब्यवस्थापनको जिम्मेवारी पाएको बोर्डमा अध्यक्षको नियुक्ति भएसँगै कार्यप्रगतिमा फड्को मार्ने विश्वास गरिएको छ । सुरुमा बोर्डको अध्यक्षका लागि १३ जनाको आवेदन परेको थियो ।

जसमा लिखित परीक्षाबाट तीन जना अन्तर्वार्ताका लागि छानिएका थिए । जसमा शिक्षा मन्त्रालयका अध्यक्ष बनेका पौडेलसहित पूर्व सचिवद्वय जनार्दन नेपाल र महाश्रम शर्मा रहेका थिए ।

Loading...

 

  

 

 

धेरै पढिएका समाचार