30 May 2020 | शनिबार, १७ जेष्ठ, २०७७

logo
KCCS
आइतबार, १९ भदौ, २०७३

४२ उमाविलार्इ ११ कक्षामा थप विषय पढाउने अनुमति, ४ नयाँ विद्यालयले ११ कक्षा पढाउने अनुमति पाए

४२ उमाविलार्इ ११ कक्षामा थप विषय पढाउने अनुमति, ४ नयाँ विद्यालयले ११ कक्षा पढाउने अनुमति पाए

काठमाडौं—सरकारले कक्षा ११ मा थप विषय अध्ययन गराउनका लागि ४२ उच्च माध्यमिक विद्यालयहरुलाई अनुमति दिएको छ । १५ भदौंमा बसेको मन्त्रिपरिषदको बैठकले नीजि तथा सामुदायिक गरी ४२ उच्च माविलाई कक्षा ११ मा विभिन्न थप विषयहरु पढाउने अनुमति प्रदान गरेको हो । 

सरकारले १८ नीजि र २४ सामुदायिक उच्च विद्यालयहरुलाई उक्त अनुमति दिएको शिक्षा मन्त्रालयको सामुदायिक विद्यालय ब्यवस्थापन शाखाले जनाएको छ । विभिन्न जिल्लामा रहेका विद्यालयहरुलाई कक्षाको ११ मा विभिन्न विषयहरु पढाउने अनुमति दिइएको छ ।

यस्तै सरकारले ४ वटा विद्यालयलाई ११ कक्षा पढाउने अनुमति प्रदान गरेको छ । यसरी कक्षा ११ को पढाउने अनुमति पाउने ४ विद्यालयहरुमा झापाका २ विद्यालय, सर्लाही १ र वैतडीको एक विद्यालय रहेका छन् ।

११ कक्षा पढाउने अनुमति पाएका ४ र नयाँ विषय पढाउने अनुमति पाउने ४२ उमाविको सूची हेर्न क्लिक गर्नोस

 

Loading...

 

 

 

धेरै पढिएका समाचार