23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
सोमबार, २९ भदौ, २०७७

परीक्षाको लागि कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु खोज्दै परीक्षा बोर्ड

 परीक्षाको लागि कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु खोज्दै परीक्षा बोर्ड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको लागि कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको विवरण संकलन गरिरहेको छ । कोरोनाभाइरसको संक्रमणको कारण तोकिएको मिति वैशाखमा परीक्षा हुन नसकेपछि अहिले विद्यार्थीले आफू बसोबास गरेको स्थानभन्दा सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने गरि विवरण संकलन थालेको हो ।

 

बोर्डले स्थगित परीक्षा सञ्चालनको लागि सबैभन्दा उत्तम विकल्पको रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको उच्च माध्यामिक विद्यालयबाट परीक्षा दिने गरी तयारी थालेको हो । शहर आएर अध्ययन गरिरहेको विद्यार्थीहरु कोरोनाको कारण गाउँ फर्केपछि उनीहरुलाई सोही स्थानबाट परीक्षा दिन सकिने व्यवस्था गर्न लागेको हो । यसै मोडललाई बोर्डले उत्तम विकल्पको रुपमा हेरेको छ ।

 

हाल बोर्डले कलेजहरुको सहभागितामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीमध्ये के कति विद्यार्थी अध्ययनरत कलेजभन्दा अन्य स्थानमा गएर बसेका छन् भनेर विवरण संकलन गरिरहेको छ ।

 

यद्यपी बोर्डले परीक्षा कहिले गर्ने भन्नेबारे केही बताएको छैन ।

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार