23 Oct 2020 | शुक्रबार, ७ कार्तिक, २०७७

logo
KCCS
बुधबार, ३१ भदौ, २०७७

केन्द्र , प्रदेश र पालिका सम्पूर्ण तहमा स्टेम शिक्षा जरुरी छ : शिक्षामन्त्री

केन्द्र , प्रदेश र पालिका सम्पूर्ण तहमा स्टेम शिक्षा जरुरी छ : शिक्षामन्त्री

१ हजार बढीको सहभागितामा “स्टेम २०२० नेपाल, सम्मेलन” सम्पन्न

काठमाडौं-स्टेम एजुकेसन (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षा) सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना भएको छ । स्टेम फाउन्डेसन नेपाल, कारखाना र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त प्रयासमा यहि भदौं ३० मा ‘स्टेम २०२० नेपाल ’ नामक पहिलो राष्ट्रिय सम्मेलन समापन भएको छ ।

आठौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर यो सम्मेलन आयोजना गरिएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

स्टेम एडुकेसन के हो, स्टेम एडुकेसन को जरुरी किन छ, भन्ने कुरा प्रस्ट्याउदैं शिक्षामन्त्री पोखरेलले स्टेम एजुकेसन प्रभावकारी बनाउन, शिक्षकलाई बिशेष तालिम, स्टेम प्रयोगशाला, विद्यार्थीको प्रदर्शनी आदि अति नै महत्वपूर्ण कुराहरु भएको र यसतर्फ केन्द्र, प्रदेश र पालिका तहबाट प्रयत्न गर्नुपर्ने जरुरी रहेको बताए ।

यस कार्यक्रमको प्राविधिक तथा समानान्तर कार्यशालाको जिम्मा भने कारखाना विभिन्न STEM/STEAM गतिविधिमा लागेका संस्थाहरुसँगको सहकार्यमा गरिने भएको छ । कार्यक्रमका लागि नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान, प्याब्सन, एन प्याब्सन, स्टान र विभिन्न संस्थाहरुसँग समेत सहकार्य गरिएको छ ।


सम्मेलनमा स्टेम विधाका विदेशी तथा स्वदेशी विज्ञहरुको प्रस्तुतीका साथै प्यानल छलफल हुनुका साथै शिक्षक, विद्यार्थी र अभिभावकहरुका लागि विभिन्न सेसनहरु पनि आयोजना भएको थियो।

समानान्तर रुपमा चल्ने सेसनमार्फत दर्शकहरुले रमाइला तालिम समेत प्राप्त गरे । "स्टेम २०२० नेपाल " सम्मेलनमा देशभरका एक हजारभन्दा बढी शिक्षक, शिक्षिका, विद्यालय संञ्चालक र सम्पूर्ण सरोकारवालाहरुको सहभागिता रहेको थियो । जसमा TUFTS युनिभसिटी यूएसएका स्टिम निर्देशक एन्ड्रु इज्साक र लेट्स टक साइन्स क्यानडाका निर्देशक बोनी स्मिद प्रमुख वक्ताको रुपमा रहेका थिए ।

नेपाली वैज्ञानिक महावीर पुन, काठमाडौं विश्वविद्यायलयका स्टिम प्रमुख प्राध्यापक डा बालचन्द्र लुइटेल, मन्त्रालयका प्रवक्ता दीपक शर्मा, नाष्टका प्रवक्ता डा. रविन्द्र ढकाल, एन प्याब्सनका अध्यक्ष ऋतु सापकोटा, प्याब्सनका सह अध्यक्ष डीके ढुङ्गाना प्यानल डिस्कसनमा वक्ताको रुपमा प्रस्तुती दिएका थिए ।


किंग्स कलेज, फाइटब्याक नेपाल, डब्लूसीएन, कारखाना, WLiT Nepal र नेपाल इनोभेसन म्याप्पर जस्ता संस्था भने शिक्षक, विद्यार्थी र अभिभावकहरुकालागी हुने सेसनहरुमा सहभागी भएका थिए।

स्टेम २०२० सम्मेलन भौतिक रुपमा सातै प्रदेशमा गर्ने गरी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना रहेको र कोभिड -१९ को कारण अहिले यसरी अन्लाइनमा पनि सफलतापूर्वक समापन गर्न पाएकोमा सम्मेलन का सभा - अध्यक्ष एवं आयोजक संस्था स्टेम का सस्थापक सर्जन बि सि खुशी ब्यक्त गर्दै सम्पूर्ण सह-आयोजक, साझेदार सस्था, विशेष वक्ता, संचारकर्मी एवं सम्पूर्ण सहभागिलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

प्रकाशित राष्ट्रिय शिक्षा नीति २०७६ मा अबको सम्पूर्ण शिक्षणमा स्टेम एजुकेसनलाई समावेश गराउने विषय उल्लेख छ । यस विषयलाई राष्ट्रियकरण गर्ने कार्यमा स्टेम फाउन्डेसन नेपाल, कारखाना लगायत विभिन्न संस्थाहरु को महत्वपूर्ण भूमिका रहेको छ ।

आयोजक संस्थाहरु स्टेम फाउन्डेसन नेपाल ले स्टेम एजुकेसन, रोबोटिक्स, अटोमेसन एवं ओलम्पियड्सको विषयमा काम गर्दै हाल सम्पूर्ण अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको सहभागिता निस्चित गराएको छ। स्टेम फाउन्डेसनले देशभरका ७७ वटै जिल्लाबाट १०,००० भन्दा बढी विद्यार्थीलाई ओलम्पियाड प्रतिस्पर्धामा सहभागी गराइसकेको छ भने कारखाना विगत ८ वर्षदेखि नेपालमा स्टेम शिक्षाको नमुना दिदैं आएको छ।

धेरै वर्ष लगेर मन्त्रालयले स्टेम एजुकेशनको सम्मेलनमा यसरी उत्साहित भएर लाग्नुलाई धेरै सकारात्मक तरिकाले हेरिएको कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले बताए । कारखानाले नेपाल, भारत अनि बंगलादेशमा आफ्नो स्टेम कक्षाहरु संचालन गर्दै नेपालमा मात्र १५० विद्यालयमा ८ हजारभन्दा बढी विद्यार्थीहरुलाई स्टेम शिक्षाको कक्षा संचालन गर्दै आएको छ।

 

Loading...

 

 

 

 

 

धेरै पढिएका समाचार