05 Jul 2020 | आइतबार, २१ आषाढ, २०७७

logo
KCCS
बिहीबार, ९ साउन, २०७६

विद्यार्थीलाई बन्धक बनाइ करणी, शिक्षक पक्राउ

विद्यार्थीलाई बन्धक बनाइ करणी, शिक्षक पक्राउ

बालिकालाई ८ दिनसम्म बन्धक बनाइ करणी गरेको आरोपमा पोखराबाट एक शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङ बिराटनगर घर भएका उदयपुर चौदण्डी ७, बस्ने म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका २८ वर्षीय शिक्षक राकेश कुमार कानोडिया रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता राजकुमार केसीले जानकारी दिए।

राकेशले सोही स्कुलमा पढ्ने १४ वर्षीया १ बालिकालाई ८ दिनसम्म पोखरा लेकसाइडस्थित द कन्ट्री यार्ड होटलको एक कोठामा बन्धक बनाई राखेको प्रवक्ता केसीले बताए।

बन्धक बनाई राखिएकी बालिकालाई उक्त दिनसम्म राकेशले जर्बजस्तीकरणी समेत गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको टोलीले होटलबाट बालिकाको उद्दार गरेको थियो।

Loading...

 

 

 

धेरै पढिएका समाचार